– भोबिन्द्र शाह
बाजुरा, १२ जेठ । मंगलबार साँझ आएको भीषण बर्षाका कारण जिल्लाको पूर्वत्तरी क्षेत्रको रुगीन गाविस वडा नं ६ कवाडीमा भीषण बर्षाका कारण पहिरोमा परी २ जनाको मृत्यु हुनका साथै ७ जना घाइते भएका छन ।
मृत्यु हुनेहरुमा चन्द्रबहादुर बुढथापाका १० बर्षीय छोरा निखिल बुढथापा र बर्ष ६ का दिर्घबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरिक्षक दलबहादुर बोगटीले बताएका छन ।
घाइतेहरुको बिछ्या प्रहरी चौकी बिछ्याले उद्धार प्रहरीले बताएको छ । घाइते हुनेहरुमा रुगीन गाविस वडा नं ६ का नमरता भण्डारी, छमकला बुढथापा, मन बुढथापा, मोहन सुनुवार, रिउली बुढाथापा, कुसमकला बुढाथापा र अम्म बुढाथापा रहेको प्रहरीले जनाएको छ ।
पहिरोमा परी बिभिन्न ब्यक्तिका ७ गाइ र ३० बाख्रा चौपाया मरेको जनाएको छ । घाइतेहरुको उद्धारका लागी रुगीन स्वास्थ्य चौकीबाट स्वास्थ्य कर्मीको टोली र कोल्टी बिशुगार्डबाट र प्रहरी चौकी कुन्नाबाट प्रहरी घटना स्थल तर्फ खटाइसकेको प्रहरीले जनाएको छ ।
क्षतिको विस्तृत बिबरण आइ नसकेको बताएको छ ।












प्रतिक्रिया