भोजपुर, १२ जेठ । भोजपुरमा एक युवकले आत्महत्या गरेका छन् ।
वासिङ्थर्पु-१ बस्ने २५ वर्षीय रमेश कार्कीले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी आफुले झुण्डिएर आत्महत्या गरेका छन् ।
कार्कीले मंगलबार २२ वर्षीया श्रीमती निर्मला कार्कीसँग झगडा हुदाँ धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएर घरदेखि अंदाजी ५ सय मिटर टाटा दुधिलोको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई आत्महत्या गरेका थिए ।
दायाँ हात र घाँटीमा चोट लागेर गम्भीर घाइते भएकी निर्मलालाई उपचारको लागि धरान घोपा अस्पतालमा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया