१८ कार्तिक २०८३, बुधबार

प्रहरी महानिरीक्षक अर्यालबाट संगीतकार अम्बर गुरुङ सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ambar-gurung (1)

काठमाडौँ, १२ जेठ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाली सांगीतिक आकाशका उज्जवल नक्षत्र संगीतकार अम्मर गुरुङलाई बुधबार बुढानिलकण्ठ नगरपालिका-६ स्थित उहाँकै निवासमा नगद ५ लाख सहित सम्मानपत्रद्धारा सम्मान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले मुर्धन्य संगीतकारले दिएको योगदानको कुनै रकमसंग तुलना नहुने बताउँदै उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँ र उहाँको परिवारलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न नेपाल प्रहरी तत्पर रहेको उहाँले बताउनुभयो ।

संगीतकार गुरुङले आफ्नो सम्पूर्ण जीवन संगीत साधनामा बिताएको स्मरण गर्दै प्रशंसा र सम्मान दिएकोमा नेपाल प्रहरीप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल प्रहरीलाई सदैव सहयोग गर्ने शुभेच्छा समेत व्यक्त गर्नुभयो ।

Ambar-gurung (2)

विगत लामो समयदेखि आफ्नो निरन्तर साधनाको माध्यमबाट नेपाली संगीतको क्षेत्रमा बिशेष योगदान दिई विभिन्न गीतिनाटक तथा कालजयी गीतहरुलाई संगीतले सिंगार्नु भएका गुरुङले मुलतः नेपालको राष्ट्रिय धुन सिर्जना गरी नेपाली राष्ट्रियतालाई उचाईमा पु¥याउने दिशामा अतुलनीय योगदान पुर्याउनुभएको छ ।

गुरुङको विशिष्ट साधनाबाट भविष्यमा नेपाली संगीतको फाँट अझै फराकिलो र समुन्नत बन्दै जाने विश्वासका साथ सुस्वास्थ्य एवं दीर्घजीवनको कामना सहित जेष्ठ ५ गतेको नेपाल प्रहरीको पिसिसि बैठकको निर्णय अनुसार गुरुङलाई सम्मान पत्रसहित स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको हो ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगाएत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।