महेन्द्रनगर, १२ जेठ । काम गर्ने वाताबरण नभएको भन्दै सुदूरपश्चिम विश्वविद्यालय पुस्तकालयका शाखाका कर्मचारीहरुले पुस्तकालय शाखा बन्द गरेर घर बिदामा बसेका छन् । पुस्तकालयका इन्चार्जसहित चार जना कर्मचारीहरु एकसाथ घरबिदामा बसेका हुन् ।
यहाँका विद्यार्थी संगठन र सुप विद्यार्थी कल्याण समिति विच विश्वविद्यालयमा अव उपरान्त तालबन्दी नगर्ने सहमती भएको भोलीपल्ट पुस्तकालयका कर्मचारीहरुले आफुहरुहलाई काम गर्ने वाताबरण नभएको भन्दै उनीहरुले बुधबार पुस्तकालय शाखा खोलेका छैनन् ।
६ महिनादेखि पुस्तकालयका समस्या बारे सम्बन्धित निकायमा पटक पटक जानकारी गराउँदा समेत कुनै पहल नभएको भन्दै पुस्तकालय इन्चार्ज सहायक प्रशासक कुमारी दुखी चौधरी, हेड असिष्टेन्ट सरोवन राना, खरिदार दिलिप सिह धामी र कार्यालय सहयोगी सुकीराम ढगौँरा एक साथ जेठ १४ गतेसम्म क्याबि बिदामा बसेका छन् । उनीहरु चारै जनाले रजिष्ट्रार मार्फत प्रमुख विद्यार्थी कल्याण समितिलाई विदामा बसेको निवेदन दिएका छन् ।
उक्त निवेदनमा दिनप्रतिदिन विद्यार्थीहरुले व्यक्तिगत र साँगठानिक रुपमा कर्मचारीहरुलाई कार्यकक्षबाट बाहिर निकाली अभद्र व्यवहार गर्ने र जानकारी नै नदिएर तालाबन्दी समेत गर्ने गरेका कारण आफुहरुलाई काम गर्ने वाताबरण नभएको उल्लेख गरिएको छ । पुस्तकालका कर्मचारीहरुसित समन्वय नै नगरि एकलौटी ढङगबाट पुस्तकालय सम्बन्धी निर्णय गर्दा कार्यान्वयनमा समस्या भएको निवेदनमा जनाईएको छ ।
तीन ओटा विभाग प्राध्यापक कर्मचारी समेतलाई पुस्तक लेनदेन गर्न जनशक्ति कम परेको अवस्थामा विभिन्न शिक्षक एवं कर्मचारीहरुले समेत पुस्तकालय संचालनमा विद्यार्थीहरुलाई उस्कएर आन्दोलित गराउने देखिएको समेत निवेदनमा उल्लेख गरिएको छ । ‘आफुहरु भन्दा राम्रो कार्यक्षमता भएका इच्छुक सार्थीहरुलाई पुस्तकालय विभागमा सरुवा पठाएमा हामी चारै जना जुनसुकै विभागमा काम गर्न तयार छौँ ।’, निवेदनमा भनिएको छ । ‘सोही अनुसारको अवस्था नभएसम्म पुस्तकालय संचालन गर्न असमर्थ रहेको जानकारी गराउँछौँ ।’ विद्यार्थी संगठनहरुले केही समयम देखि पुस्तकालयमा तालाबन्दी गरेको थिए । तालाबन्दी खोलिए संगै विद्यार्थीहरु पछि कर्मचारी आन्दोलित भएका छन् ।
पुस्तकालय शाखा नखोलेका कारण विद्यार्थीहरु मारमा परेका छन् । यसरी पुस्तकालयका कर्मचारीहरुले आफैले विश्व विद्यालयमा विवाद झिकेर तालाबन्दी गरेर पुस्तकालय बन्द गरेको भन्दै पुस्तकालयका कर्मचारीहरुलाई क्याम्पस प्रवेसमा निषेध गर्ने चेतावनी दिएको छ । नेवि संघ, अखिल क्रान्तिकारी, क्रान्तिकारी र नयाँ शक्ति निकट सुप इकाई कमिटीका विद्यार्थी संगठनहरुले पुस्तकालयका कर्मचारीहरुले तालाबन्दी नगर्ने सहमती आफैले उलङघन गर्न खोजेको भन्दै उनीहरुलाई क्याम्पस प्रवेसमा निषेध गरेको हो । उनीहरुले बिहान पुस्तकालय नियमित खोल्नुपर्ने भन्दै दुई घण्टा अनसन समेत बसेका थिए ।
बुधबार चारै विद्यार्थी संगठनहरुले कर्मचारीहरुले विद्यार्थीहरुलाई पुस्तक दिनुको साटो घरमै बसेर राजनिति गरेको आरोप लगाएका छन् । नेवि संघका अध्यक्ष अतुल बहादुर ऐर, अखिल क्रान्तिकारीका गौरब धामी, क्रान्तिकारीका गणेश राज मिश्र र नयाँ शक्तिका केशव राज भट्टद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा पुस्तकालय कर्मचारीहरुको कामको बिरोध गरिएको छ ।
स्रोतका अनुसार कर्मचारीहरु विच आपसी विवादका कारण क्याम्पसमा यस्ता बखेडाहरु झिकिएको छ । राजनितिक दाउपेचबाट कर्मचारीहरु निर्देशित भएकाले समस्या उत्पन्न भएको कर्मचारी स्रोतको भनाई छ ।
पुस्तकालय इन्चार्ज सहायक प्रशासक कुमारी दुखी चौधरीले आफुहरुलाई काम गर्ने वाताबरणका साथै पुस्तकालय शाखाको माग बारेमा सुनिवाई नभएका काम गर्ने बाताबरण मिलाई माग्नका लागि सबैले सामुहिक रुपमा तिन दिनसम्म क्याबि बिदामा बसेको बताउनुभयो ।
‘त्यहाँ मलाई कति पनि काम गर्ने बताबरण छैन् ।’ उनले भनिन् ‘त्यो कर्मचारी भित्रैबाट समस्या समस्या भएको छ ।’ सुप विद्यार्थी कल्याण समितिका संयोजक डम्बर सिह ऐरले पुस्तकालय खोल्न आफुले चौधरीलाई टेलिफोन गरेपनि मैले भनेको कुरा चौधरीले नमानेको बताउनुभयो ।
कर्मचारीहरुले नबुझेका कारण उनीहरु काममा नआएको ऐरले बताउनुभयो । ‘कर्मचारीले पुस्तकालयमा तालाबन्दी गरेको होईन् ।’, उनले भने ‘ताला नखोलेको मात्रै हो ।’ आफुहरुका माग बारे सुप विद्यार्थी कल्याण समितिले नसुनेको भन्दै कर्मचारीहरु सुप विश्व विद्यालय केन्द्रीय क्याम्पस पुगेका छन् ।












प्रतिक्रिया