दुर्गा ढुगेल
माहाबुला कुवेत । ‘पुण्य कमाउन मन्दिर, मस्जिद र गुम्बा होइन अन्तरआत्माले जे देख्छ, त्यही सहयोग गरे पुण्य कमाउन सकिन्छ’ यी मर्मस्पर्शी भनाइको नेपालका एक जोडी कलाकारले कुवेतमा उदाहरण नै प्रस्तुत गरेका छन् ।
नेपालका चर्चित हास्यजोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे सुन्तलीले झापाली समाज कुवेतले आयोजना गरेको ‘एम्बुलेन्स तथा शवबाहान सयोगार्थ’ कार्यक्रममा नगद २० हजार १ सय २१ अक्षेरेपी रुपैँया सहयोग गरे ।
‘म खाउँ मै लाउँ सुख सयल वा मोज म गँरु’ भन्ने भावना भन्दा माथि रहेर उनीहरुले गरेको सहयोगको कुवेतवासी नेपालीले खुलेर प्रशंसा गरेका छन् ।
उनीहरुले झापाली समाजलाई मात्र नभएर यस भन्दा अगाडी यो दम्पती जोडीले मानवीय सम्वेदनाका कार्यमा सहयोग गरेको चर्चाले वातावरण नै उल्लासमय बनेको थियो ।
विगतमा पनि ती जोडीले विभिन्न समाज सेवामा आफुले सहयोग गरेका त्यहाँ बताएका थिए । झापाको गौरादहमा रेडक्रस भवन निर्माणदेखि लिएर विपन्न बालबालिकालाई गरेको सहयोग पनि कम उदाहरणीय थिएन ।
विभिन्न जिल्लामा अनाथ बालबालिका क्यासर पीड़ित बाल बालिका र अन्य सहयोगआर्थ च्यारेटी शो गर्दै संकलित रकम पीड़ितलार्इ सहयोग गरेको कुरा
गर्दै उनीहरुले झापाली समाजले आयोजना गरेको कार्यक्रम पनि सहयोग गर्न पाएको बताउँदा कार्यक्रम हल एकै छिन स्तब्ध बनेको थियो ।
कार्यक्रमकै अवसर पारेर झापाली समाज कुवेतले दाताको रुपमा दुईजाना कलाकार दम्पती धुर्मुस र सुन्तलीलार्इ नेपाली दुताबास कुवेतका श्रम सहचारी सृजना तिवारीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
उहाँले आगामी दिनमा हुने यस्ता समाज सेवामुलक कार्यक्रमका लागि सहयोग गर्न तयार रहेको बताउदा कार्यक्रम हल तालीको गड्गडाहटले गुंजायमान भएको थियो ।
कार्यक्रमा समाजका अध्यक्ष आईपी भटराइले सहयोग रकमले छिट्टै एम्वुलेन्स खरिद गरि सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।














प्रतिक्रिया