काठमाडौं, १२ जेठ । ठूला अपार्टमेन्ट तथा होटलमा पाइपलाइबाट ग्यास आपूर्ति गर्ने विषयमा दुई सदस्यीय जापानिज विज्ञको टोली नेपाल आइपुगेका छन् ।
स्वतन्त्ररुपमा आएका जापानिज विज्ञ टोलीले पछिल्लो तीन दिनदेखि नेपालको विभिन्न स्थानमा अध्ययन गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार स्वतन्त्ररुपमा आएको टोलीले साल्ट ट्रेडिङ कर्पोरेसन र निगमसँग छलफल गरेर ठूला अर्पाटमेन्ट तथा होटलमा सिलिन्डररहित खाना पकाउने ग्यास आपूर्ति गर्ने विषयमा अध्ययन गरिरहेको छ ।
एउटा अपार्टमेन्ट र होटलमा सयौं सिलिन्डर प्रयोगमा ल्याउनुभन्दा पाइपलाइनबाट सुरक्षित रूपमा ग्यासको आपूर्ति र प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा टोलीले अध्ययन गरिरहेको छ ।















प्रतिक्रिया