१८ कार्तिक २०८३, बुधबार

संगठन सुदृढीकरणमा तात्यो काँग्रेस, गाउँ गाउँमा एक एक झण्डा हस्तान्तरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556– पुष्पराज भट्टराई
कालिकोट, ११ जेठ । नेपाली कांग्रेस कालिकोटले मंगलबारदेखि संगठन सुदृढिकरण अभियान थालेको छ । इलाका नं एक को पाँखाबाट सुरु गरेको छ ।

संगठन सदृढिकरण अभियान अन्र्तगत कालिकोटको पाखामा आयोजित कार्यक्रममा कांग्रेस सभापति हर्ष बंमले अभियानको सुभारम्भ गनुृ भएको हो । इलाका नं एक को पाखामा आयोजित आमसभालाई सम्बोधन गर्दै कांग्रेस कालिकोटका सभापति हर्ष बहादुर बंमले अभियानको सुभारम्भ गर्नू भएको हो ।

उहाँले राजनीतिक आन्दोलन सकीएकाले आर्थिक र सामाजिक क्रान्तिको पालो आएको र त्यसको नेतृत्व कांग्रेसल लिने बताउनु भएको छ । अहीले सम्मको नेतृत्व कार्यक्रम महाधिबेशन प्रतिनिधि हिक्मत बिष्टले स्वतन्त्रता लोकतन्त्रका लागि कांग्रेस बलियो हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सचिव नन्द बहादुर सिंह, शिक्षक संघका अध्यक्ष मानबहादुर रोकाया, लोकतान्त्रिक गैसस महासंघका केन्द्रिय उपाध्यक्ष अशोक नाथ योगी प्रेस युनियनका केन्द्रिय सदस्य खगेन्द् भटराई जिल्ला सदस्य जनक बिष्ट दमन बहादुर शाही नेबिसंघका नेत्र देबकोट लगाएतले गाउ गाउँमा अभियानले कांग्रेसजनहरुको लहर सृजना हुने बताउनु भयो ।

९ वटै इलाकामा कार्यक्रम गरि कांग्रेसको झन्डा हस्तान्त्रण गर्ने योजान अनुसार अव राचुलि लगायतका २८ गाविसमा हुने जनाइएको छ ।