१८ कार्तिक २०८३, बुधबार

७ वर्षीय बालिकालाई आफ्नै घरमा बलात्कार गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeरौतहट, ११ जेठ । रौतहटमा एक बालिका बलात्कृत भएकी छिन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रपुर नगरपालिका–९ मंगलपुर बस्ने ७ वर्षीया बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ४७ वर्षीय सपलदेब साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।