१८ कार्तिक २०८३, बुधबार

सिंखडालाई सम्मान, तिवारीलाई स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan

रत्ननगर ११ जेठ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नंं.६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमका बीच मंगलवार सम्मान तथा स्वागत कार्यक्रम गरेको छ ।

काठमाडौंमा हालै सम्पन्न प्रेस चौतारी नेपालको आठौं अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित यस संस्थाका लेखा समिति संयोजक शिशिर सिंखडालाई सम्मान गरेको हो ।

त्यसैगरी संस्थाले सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनमा भर्खरै सरुवा भई आएका प्राचार्य भिमप्रसाद तिवारीलाई स्वागत गरिएको छ ।

संस्थाका अध्यक्ष द्रोर्णप्रसाद लामिछानेले सिंखडा र तिवारीलाई दोसल्ला आढाई सम्मान तथा स्वागत गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष शितलकाजी श्रेष्ठ,सचिव हरिप्रसाद भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।