२९ आश्विन २०८३, बिहिबार

केपी ओलीको नेतृत्व देशको भविश्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shreekrishna-rawat-Uaeसम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको जिन्दगी चट्टानमा उम्रिएको रुख जस्तै संघर्षमयी र कठिन अवस्थाबाट गुज्रिएको पाइन्छ ।

बिकट पहाडी जिल्लामा जन्म, पञ्चायतबिरुद्धको संघर्ष र कम्युनिस्ट आन्दोलनमा जीवन समर्पण, १४ बर्ष जेल जीवन, यातना, बहु रोगको ब्यथा र पीडा, १६–१७ बर्षसम्म ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत भएका नेतासँग अध्यक्ष निर्वाचन मा कठिन् प्रतिस्पर्धा, एमाले संसदीय दलको नेतामा बिजयी हुँदाको संघर्ष, म्रिगौला र प्रत्यारोपणको समयमा भएको शरीरिक पीडा, भद्र सहमति तोडेका सुशील कोइराला र कांग्रेशसँगको प्रतिस्पर्धा, प्रधानमन्त्री हुनु ३ हप्ता अगाडि देखिको भारतको नाकाबन्दी र आफ्नै देशका तरार्इबादी भनाउदा दलहरु र डलर र जातको राजनीति गर्ने जनजाति पार्टीहरुको अबरोध आदी । कांगेसको पराजयपछि साना साना दलहरु, केही मधेस बादीहरु र बिशेष गरेर हिन्दू राज्य र राजाको ठेकेदारको रुपमा उभिएको राप्रपा नेपाल जस्ता पार्टीहरुको संयोजन र समिकरणमा सरकारको नेतृत्व गर्नु साधारण कुरो थिएन ।

वास्तवमा भन्ने हो भने केपी ओली भनेको बोलीको गोली मात्र हो, उखान टुक्का आदी उप नाम दिनेहरुको बोली बन्द भएको छ । ५ महिना सम्मको बिकराल नाकाबन्दीमा निडर भएर जनता, देश र राष्ट्रियताको पक्ष मा खरोसँग बोल्ने र लड्ने नेता अहिले कुनै पार्टीमा पैदा भएका छैनन । नाकाबन्दी नखोलेसम्म भारत भ्रमण गर्दिन भनेर मिडियामा बोल्नुलाई पनि एक महान शाहस मान्नुपर्छ । भारत भ्रमणमा दिइएको ऊच्च सम्मान र नेपाल र नेपालीको हितको लागि मात्र गरिएको द्विपक्षीय सम्झौता गौरबमयी उपलब्धी हुन जुन नेपालका अरु कुनै नेताहरुबाट अपेक्षा गर्न सकिन्न ।

चाइना भ्रमण र उपलब्धी पनि नेपाली र नेपालको हितका लागि मात्रै भएका छन् जसले राष्ट्रलाई आधुनिक युग मा लिएर जाने पक्का छ । धरहरा निर्माणमा १ महिना को तलब प्रदान गरी सबैलाई सहयोगको आह्वान गर्नु सकारात्मक पक्ष हो । देश भूकम्पले थलिएको बेला, ५ महिने नाकाबन्दीले सबै क्षेत्र अस्त ब्यस्त भएको बेला पनि प्रधानमन्त्रीले जनतालाई प्रेरणा आशा र नयाँ नेपालको नमुना प्रस्तुत गरी रहनुभयो जुन गुण संसारमा बिरलै मात्र देशका थोरै नेतामा पाइन्छ ।

कर्मचारी, भ्रष्ट्रचारबिरुद्ध उहाँले दिनु भएको अभिब्यक्तिले उहाँको सफा हृदय देश र जनताप्रति प्रष्ट हुन्छ । एक दुई दिन अगाडि भूकम्प पुन निर्माण सम्बन्धी उहाँले लिएको चाँसो र निर्देशनले उहाँ भित्रको बिकासको शिघ्रतालाई अनुमान गर्न सकिन्छ । कछुवाको तालको बिकासलाई उहाँले नित्य गाली गरिरहनु भएको छ ।

अनुकुल बातावरणमा प्रधानमन्त्री हुने के प्रधानमन्त्री । त्यो पो राष्ट्र नेता हो जो राष्ट्र बिरामी हुँदा अनी जताततै निराशाको कालो बादल मडारिदा पनि त्यसलाई चिरेर सुनौलो प्रकाशले देश र जनतालाई आनन्दित बनाउन सक्छ, हो यो काम प्रधानमन्त्रीले गरेर देखाउनु भएको छ ।

उहाँका महत्वाकांक्षी योजनाहरुमा छलफल र बिकासमयी रहेको सुन्दा म भगवानसँग प्रधानमन्त्री को दिर्घ जीबन र सुस्वास्थ्य को कामना गरी रहेको हुन्छु । यो देशले उहाँको नेतृत्वको सरकार १० बर्ष निरन्तर पायो भने आधुनिक नयाँ नेपालको निर्माण अवश्यभावी छ भन्ने तर्कमा दुई मत छैन ।

श्रीकृष्ण राउत
प्रवासी नेपाली मन्च यूएइ
प्रचार बिभाग