९ कार्तिक २०८३, सोमबार

नरेन्द्र मोदीले किन्न लगाएको साइकलको पैसा पनि दिइएन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President Obama Meets With Prime Minister Narendra Modi Of India At The White Houseकाठमाडौं, ११ जेठ । भारतीय राजदूत रञ्जित रेले समय नदिएपछि दलित र विपन्न छात्रालाई प्रोत्साहन स्वरुप प्रदान गर्न लागिएको पाँच सय साइकल थन्किएका छन् ।

भारतीय राजदूतावासको सहयोगमा जिल्ला विकास समिति धनुषमार्फत खरिद गरिएको २८ लाख ४० हजार मूल्यको साइकल वितरण भएको छैन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने क्रममा तराईका ग्रामीण भेगका दलित र विपन्न छात्रालाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गर्ने बताएका थिए ।

सोही अनुरुप जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा ग्रामीण भेगका विद्यालयमा दलित र जेहेन्दार छात्रा छनोट गरिएको र पाँच सय छात्रालाई साइकल उपलब्ध गराउने योजना भएको थियो ।

जिविस धनुषाले टेन्डर आहृवान गरी साइकल खरिद गरेको भए पनि दूतावासबाट हालसम्म खरिद रकमसमेत उपलव्ध नगराइएपछि साइकल व्यपारीले समेत ताकेता गर्न थालेको जिविसका निभित्त स्थानीय विकास अधिकारी राजकिशोर साहले बताए ।