काठमाडौं, ११ जेठ । सरकारले स्वदशी लगानीमा निर्माण गर्ने घोषणा गरेको काठमाडौं–तराई फास्टट्रयाकका लागि करिब ५ अर्ब मात्र बजेट बिनियोजन गरेको छ ।
एक खर्ब ३० अर्ब रूपैयाँ लागत अनुमान गरिएको फास्ट ट्रयाक सरकारले नीति तथा कार्यक्रममा स्वदेशी लगानीबाट बनाउने घोषणा गरेको थियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
चालु आर्थिक वर्षामा फास्ट ट्रयाकलाई एक अर्ब रूपैयाँ विनियोजन गरिएको छ ।
सरकारले आफै बनाउने घोषणा गरेकाले निकै बढी रकम विनियोजन हुने अपेक्षा गरिएको थियो । ‘आउने आर्थिक वर्षै काम थाल्नका लागि मात्र बजेट विनियोजन गरिएको हो’, स्रोतले भन्यो,‘काम भयो भने त बजेट अभाव हुन्न, अरू स्रोतबाट पनि जुटाउन सकिन्छ ।’
काठमाडौं जिल्लामा पर्ने भागमा अधिग्रहणको विवादका कारण ट्रायक खोल्ने काम सकिएको छैन ।















प्रतिक्रिया