काठमाडौं, ११ जेठ । नाकाबन्दी हटेको तीन महिनासम्म पनि काठमाडौंमा खाना पकाउने ग्यासको सहज आपूर्ति हुन नसकेपछि भारतको उडिसा राज्यस्थिति सामुन्द्रिक बन्दरगाह पारदिपबाट मासिक करिब १० हजार मेट्रिक टन ग्यास नेपाल भित्र्याउने अन्तिम तयारी भइरहेको छ ।
भारतीय आयल निगमकै प्रस्तावमा आपूर्ति मन्त्रालयले ग्यास इन्धन पारादिप प्रशोधन केन्द्रबाट आयात गर्ने निधो गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
आपूर्ति सचिव श्रीधर सापकोटाका अनुसार पारादिपबाट ग्यास नेपाल भित्रिएपछि काठमाडौं लगायत सहरमा रहेको अभाव हट्नेछ ।















प्रतिक्रिया