९ कार्तिक २०८३, सोमबार

बालिकालाई मोबाइलमा अश्लिल भिडियो देखाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Porn-videoकाठमाडौं, १० जेठ । राजधानीका १२ वर्षे एक बालकलाई जब वयश्क छिमेकीले मोबाइलमा अश्लिल सिनेमा देखाए, उनको बालमस्तिष्कमा त्यसको गहिरो छाप पर्यो ।

त्यसबाट मस्तिष्कमा जन्मिएको जिज्ञासाले अन्ततः उनलाई जघन्य अपराधतिर डोहोर्यायो ।

त्यही सिनेमाको दृश्य अन्जानमा एउटी बालिकासँग दोहोर्याउँदा ती बालक प्रहरी फन्दा परे । अहिले तिनी बालअपराधीका रुपमा भक्तपुर, सानोठिमीस्थित बालसुधार गृहमा सजाय काटिरहेका छन् ।

कास्की, सराङकोटस्थित बालसुधार गृहमा राखिएका अर्का १३ वर्षे बालकको कहानी पनि फरक छैन ।

प्रविधिका कारण सर्वसुलभ भएका अश्लील सामग्रीकै कारण उनी पनि अन्जानमा अपराधि बन्न पुगे । नागरिक दैनिकमा खबर छ ।