२९ आश्विन २०८३, बिहिबार

हेलिकोप्टरलाई भ्याइनभ्याइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simrik Air Helicoptarकाठमाडौं, २३ साउन । सिन्धुपाल्चोकको मांखा–राम्चेमा गएको पहिरोबाट अरनिको राजमार्ग अवरुद्ध भएपछि हेलिकोप्टर सेवाप्रदायक कम्पनीलाई भ्याइनभ्याइ छ। अहिले निजी क्षेत्रका पाँच हेलिकोप्टर कम्पनीले दैनिक ७० वटासम्म उडान भरिरहेका छन्।

यात्रु ओसार्न ७ हेलिकोप्टर बिहानदेखि साँझसम्म व्यस्त छन्। तीमध्ये पाँच सिटयुक्त एक, छसिटे पाँच तथा र २४ सिटयुक्त एउटा हेलिकोप्टरले उडान गरिरहेका छन्।

‘सिन्धुपाल्चोकमा गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाकाबाट आउने र यताबाट जाने सयौं यात्रु ओसार्न हामीले दैनिक ७० सम्म उडान गरिरहेका छौं,’ निजी वायुसेवा कम्पनीहरूका छाता संगठन वायुसेवा सञ्चालक संघका महासचिव सुमन पाण्डेले बिहीबार भने, ‘यताबाट जाँदा र उताबाट आउँदा दैनिक ८ सय हाराहारी यात्रु हुने गरेका छन्।’

उनका अनुसार चीनको तिब्बतस्थित प्रसिद्ध धार्मिक स्थल मानसरोवरबाट फर्कने र यताबाट जाने यात्रु ओसारपसार गर्न बढीभन्दा बढी हेलिकोप्टर प्रयोग भएको हो।

अहिले एउटाबाहेक चार कम्पनीले पाँचवटा हेलिकोप्टर काभे्रको धुलिखेलस्थित टुँडिखेलमा तैनाथ गरेका छन्। तिनले धुलिखेलबाट सिन्धुपाल्चोकको कोदारी र त्यहाँबाट पुनः धुलिखेलसम्म उडान गरिरहेको समाचार आजको नागरिक दैनिकले छापेको छ ।

‘दैनिक ७० हाराहारी उडान गर्दा पनि हेलिकोप्टर अभाव छ,’ फिसटेल एयरका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पाण्डेले भने, ‘हाम्रै कम्पनीले भने पाँच सिट क्षमतायुक्त एउटा हेलिकोप्टरमात्र धुलिखेलमा तैनाथ गरेको छ। यात्रुको माग अझै बढिरहेको छ।’