३० आश्विन २०८३, शुक्रबार

गेजिङ च्याम्पियनको उपाधी वेष्ट डिष्ट्रिकलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CRICKET– जगन दाहाल

गान्तोक । गेजिङ च्याम्पियन टूर्नामेण्ट वेष्ट डिष्ट्रिक क्रिकेट एसोसिएसनले आफ्नो नाममा दर्ता गराएको छ ।

पश्चिम सिक्किमको क्योङ्सा खेल मैदामा भएको टी–२० क्रिकेट गेजिङ च्याम्पियन टूर्नामेण्टको फाइनल म्याच खेलिएको थियो । टूर्नामेण्टमा पश्चिम जिल्लाका विभिन्न टीमले भाग लिएका थिए ।

टूर्नामेण्टको फाइनल खेलमा वेष्ट डिष्ट्रिक क्रिकेट एसोसिएसन र क्योङ्सामाझ भिडन्त भएको थियो ।

क्योङ्साले पहिलो ब्याटिङ् गर्दै २० ओभरमा ७० रनको लक्ष राखेको थियो ।

उक्त लक्षलाई पछ्याउँदै एसोसिएसनले १३ ओभर र आठ विकेटको साथमा आफ्नो टीमलाई जिताउन सफल बनेको छ । म्यान अफ द म्याच एसोसिएसनका रभी गुप्ता भएका थिए ।