३० आश्विन २०८३, शुक्रबार

आरिथाङ, तामाङ गुम्पा र जोरथाङणा बुद्ध जयन्ती मनाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BUDHA-PURNIMA-SIKKIM– जगन दाहाल

गान्तोक । भारतको सिक्किमका विभिन्न स्थानहरूमा २५६०औं बुद्ध जयन्ती भव्यताका साथ मनाइएको छ ।

तिब्बती पञ्चाङ्गअनुसार छैटौं महिनाको चौथो दिन यस पर्वलाई पालन गरिन्छ । शाक्यमुनि बुद्धको जन्म र मृत्युको कुरामा बौद्ध धर्मावलम्बीहरू विश्‍वास राख्दछन् ।

यस दिन बुद्धले आफ्ना प्रथम पाँच शिष्यहरूलाई उपदेश दिएका थिए । विभिन्न गुम्पाहरूमा भेला भएका भक्तजनले गुम्पाका लामा, रिम्पोछेहरूबाट आशीर्वाद लिएका थिए ।

प्रातकालीन पूजाको साथ भक्तहरूले सम्बन्धित गुम्पादेखि पुस्तक (त्रिपिटक) बोकेर नगर परिक्रमा गरेका थिए भने बाटामा भक्तजनले पुस्तकको दर्शन गरे ।
गान्तोक आरिथाङको ग्यालछेन छोक्पोल गुम्पामा बुद्ध जयन्ती व सागादावा पालन गरियो । यस अवसरमा इञ्चे गुम्पाका रिम्पोछे टुल्क हिस्से दोर्जीले भक्तजनलाई दीर्घायुको निम्ति कामनाको साथ श्रीडुपवाङ पनि वितरण गरिएको थियो ।

पूजामा गान्तोक परिसरका भक्तजनको भारि मात्रामा उपस्थिति रहेको थियो ।

यसरी नै यहाँको अप्पर सिच्छेस्थित दिछेन छ्योलिङ (तामाङ गुम्पा)मा पनि बुद्ध जयन्ती अथवा सागादावाको पालन गरियो ।

बिहान छोक–छ्युमी र प्रार्थनाको साथ आरम्भ गरिएको कार्यक्रममा काङ्ग्यूर साथै भगवान बुद्धको प्रतिमा लिएर शहर परिक्रमा गरियो ।

तामाङ गुम्पाबाट शुरु गरिएको शोभा यात्र विकास क्षेत्र, मनन केन्द्र हुँदै जीरो पोइण्ट, एमजी मार्ग, हस्पिटल डाँडा र पाल्जर स्टेडियम हुँदै उक्त गुम्पा सम्म गरिएको थियो ।

अपह्रान्हको समयमा नाम्ची दक्षिण सिक्किमका सिडुप छोलिङका धुम्से रिम्पोछेले वाङ् तथा आशीर्वाद दिएका थिए ।

दक्षिण सिक्किमको जोरथाङमा पनि बुद्ध जयन्ती भव्यताको साथ पालन गरिएको थियो ।

कार्यक्रम यहाँको ज्याङ्छुप छोलिङ गुम्पामा आयोजन गरिएको थियो । दक्षिण जिल्लाका विभिन्न क्षेत्रबाट आएका भक्तजनले ज्याङ्छुप छोलिङ गुम्पादेखि उर्गेन छोलिङ गुम्पासम्म पुस्तक र बुद्ध प्रतिमाको साथ परिक्रमा गरेका थिए ।

शोभायात्राको समयमा भक्तजनको झुुण्डले बाटो बाटोमा पुस्तकको दर्शन गर्दै आशीर्वाद लिएका थिए । यस अवसरमा यहाँको एक गैर सरकारी संस्थाले भक्तजनलाई पेय पदार्थ वितरण गरेको थियो ।

पूर्व सिक्किमको पारखास्थित छुप्छा छोलिङ दुछी गुरुङ गुम्पामा सागादावा पालन गरियो ।

यस अवसरमा गुम्पा परिसरदेखि पारखा बजारसम्म शान्ति र्‍यालीको आयोजना गरियो । यस र्‍यालीमा लामा सहित भक्तजनले भाग लिएका थिए ।

सागादावा पर्वमा देउराली छोर्तेन गुम्पाबाट आशीर्वाद स्वरुप वाङ पारखा अनि पाकिम परिसरका भक्तजनलाई वितरण गरियो ।

यस अवसरमा जिल्ला पञ्चायत कमल गुरुङ लगायत पञ्चायतगण र स्थानीयहरूको उपस्थिति थियो ।

अर्कातिर डुकालाखा छलामथाङ स्थित उगेन छोलिङ लिङ्तेक गुम्पामा पनि सागादावा पालन गरियो ।

यस अवसरमा कमल अधिकारी मुख्य अतिथिका रूपमा रहेका थिए भने पञ्चायतगण र स्थानीय भक्तजनको उपस्थिति रहेको थियो ।