१ कार्तिक २०८३, शनिबार

कतारमा नयाँ शक्तिप्रति जनलहर, वोकिर क्षेत्रमा क्षेत्रीय कमिटी गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Quater-nayashakti

कतार । नयाँशक्ति कतार – अन्तराष्ट्रिय नेपाली समाज कतारले कतारको वोखिर क्षेत्रको, क्षेत्रीय भेला शुक्रबार सम्पन्न गरेको छ ।

सो भेलाले अन्तरिम क्षेत्रीय कमिटी गठन गरी दिपक पौडेललार्इ संयोजकमा, हिमलाल उपाध्यायलार्इ उपसंयोजक, मनोज शर्मा सचिब र बमबहादुर बुढालार्इ कोषाध्यक्ष र अकल जिम्ब्बालार्इ प्रमुख सल्लाहकारमा चयन गरेको छ ।

अन्य पदाधिकारीहरु पछि थप्ने गरि ३१ सदस्य अन्तरिम क्षेत्रीय कमिटी गठन गरेको हो ।

उक्त भेलालाई  सम्बोधन गर्दै भेलाका प्रमुख अथिति, नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रिय परिसद  सद्सस्य तथा कतारका संयोजक  बि.बि खराल (रोशन) ले नेपालको  सरकारले अइले सम्म पनि भुकम्प पिडितलाइ राहत बितरण  नगर्नु र   भूकम्प पीडितहरूको राहत र पुनर्निमाणमा  ढीला सुस्ती गर्नुको पछाडि व्यापक भ्रस्टचार  र अनियमितता  हुनसक्ने गम्भीर आरोप लगाउदै भन्नु भयो,  यहाका भ्रस्ट सासक र नेताहरुलाई   जनताको जनजिबिकाको समस्याको बारेमा  चिन्ता भन्दा पनि आफूहरूले कसरि मिलेर खाने भन्नि कु-संस्कार को करण नेपाल र नेपालीजनताले दुखः पाइरहेको बताउनु भयो, साथै उहाले  देशमा आन्तरिक  उत्पादनमा  प्रतिबन्धित् गरि  कमिसन खान पल्केको कारण  युवा शक्तिलाइ  विदेशमा जान बाध्य परिएको बताउँदै अब नयाँ, सम्रिद्द नेपाल र आर्थिक क्रान्तिमा अगि बड्नको  लागि प्रबासमा रहेका युवाहरुलाई नयाँ  शक्तिमा आउन र देश फर्किएर लगानी गर्न वा बिदेसमा बसेरनै भए पनि सम्रिद्द नेपाल निर्मार्ण को अभियानलाई तन- मन ले सयोग गर्न आवाहन  गर्नु भएको थियो ।

उक्त भेलाका  अर्का अतिथि नयाँ शक्ति कतारका  उप-संयोजक  लाल भट  ले, प्रबासको सन्दर्भमा पनि युवाहरु को नयाँ  सक्क्ति प्रतिको मोह र अभियानमा विशाल रुपले जसरि अकर्सित  देखिएको छ, त्यसलाई मध्य नजर गर्दा अबस्य  पनि नयासक्ति  प्रति युवा  बर्गको अकार्सर्ण  बढेको महसुश भएको  र येसरिनै देश निर्मार्णमा लाम बददा   हुन आग्रह गर्नु भयो ।  त्यस्तै नयाँ सक्त्ति कतारका  प्रमुख सल्लाहकार रामु बस्यालले बर्तमान राज्य सत्ताको महेन्द्रीय सैलिको  रास्ट्रवादि  खोक्रो नाराले जन्तालाई लुट्ने काम भन्दा अरु केही नगरेको आरोप लगाए ।  उहाले अब युवा नजागे देशको स्वाधीनतार अस्तित्व नै गम्भीर  खतरामा   रहेको बताउँदै मण्डले रास्ट्रबाद को नारा होइन अब रोजगारिको स्रिजना, विकास निर्मार्ण र भुकम्प बाट क्षेतीको  पुनर्निमाणमा  लाग्न जोड दिनु पर्नेमा यो  सरकार किन मौन छ भन्दै प्रस्न गरेका थिए । उक्त  भेलालाइ नयाँशक्ति कतार (अन्तराष्ट्रिय नेपाली समाज  कतार-INS ) का प्रबक्ता धुर्ब क्षेत्रीले संचालन गरेका थिए भने ओक्रा क्षेत्र का संयोजक  होम उप्रेतीले  स्वागत  मन्तब्य दिएका थिए! साथै नयासक्ति कतारका सचिब राम संजेल, कोशा-अदक्ष्य देब बहादुर परियार,  दोहा क्षेत्रका संयोजक हिमाल बिस्वकर्मा, युवा नेता दुर्गा सुनार, र जनक नाथ योगी  ले आफ्नो मन्तब्य राख्नु  भएको थियो! उक्त भेलामा अन्तराष्ट्रिय  मुस्लिम समाज (नयाँ शक्ति) कतारका  संयोजक इब्राहिम मिया, नयाँ शक्ति कतारका  केन्द्रीय परिसद सदस्य, सन्तोष बस्नेत, को पनि उपस्थिति थियो ।