१ कार्तिक २०८३, शनिबार

सार्वजनिक कार्यक्रममा पहिलोपटक ओली, देउवा र प्रचण्ड कसरी पुगे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-Oli-Prachanda

लुम्बिनी, ८ जेठ । अहिलेको अवस्थामा देश चलाउने तीन प्रमुख नेता हुन् शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड ।

उनीहरु देशका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरु पनि हुन् । यिनीहरुमा एक अर्काको सहमति विना ठूला कामहरु अघि बढ्न सक्दैन् ।

अहिलेको अवस्था देउवा प्रमुख विपक्षी हुन् भने ओली र प्रचण्ड सत्ताको नेतृत्वकर्ता । १३ औं महाधिवेशनबाट सभापति चुनिएपछि देउवा शनिबार पहिलोपटक प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डसँग सँगै देखिए ।

यो अवसर जुराईदिएको थियो बुद्ध जन्मस्थल लुम्बिनीले । जहाँ २५६० औँ बुद्ध जयन्ती समारोह आयोजना गरिएको छ । जसको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।

देउवासँग भलाकुसारी गर्दै प्रचण्ड
देउवासँग भलाकुसारी गर्दै प्रचण्ड

उदघाटन सामारोहमा बुद्धजयन्ती समारोहका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर क्रमैसँग बसेका देखिन्थे ।

buddha jayantai 2560 (32)

उनीहरुका साथमा उपप्रधानमन्त्रीहरु, मन्त्रिगण, विभिन्न दलका सांसद र राजनीतिक दलका नेता बसेका थिए ।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सिलान्यासका लागि वैशाख १ गते तीनै नेता उपस्थित हुने भनिएपनि कांग्रेस सभापति देउवा अनुपस्थित रहेका थिए ।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा २८ देशका ३५० भन्दा बढी बौद्ध धर्मगुरु तथा स्वदेशी र विदेशी गरी करिब १५ हजार बौद्ध धर्मावलम्बीको सहभागिता रहेको लुम्बिनी विकास कोषले जानकारी दिएको छ ।

buddha jayantai 2560 (31)buddha jayantai-1buddha jayantai 2560 (26)