३० आश्विन २०८३, शुक्रबार

गर्भवती महिलालाई घरमै यसरी उपचार गर्न सकिन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pregnant-Womanकाठमाडौं । गर्भवती महिलालाई धेरै प्रकारका समस्या आउन सक्छन् । यो समयमा सामान्य समयभन्दा फरक लक्षण देखिन सक्छन् । टाउको दुख्ने, बमिट आउने प्रमुख समस्या हुन्छ । यस्ता समस्यालाई केही घरेलु खानपिनले कम गराउन सकिन्छ ।

१. यस्तो समयमा अदुवा धेरै उपयोगी हुन्छ । ताजा अदुवामा नुन लगाउने या अदुवाको रसमा कागती मिलाएर पानी पिउँदा राम्रो हुन्छ । यसले बमिट हुन रोक्नुका साथै टाउको दुखाइ पनि कम गर्छ ।

२. जिरामा मह बराबर मिलाएर बिहान उठ्नासाथ दैनिक खाँदा आराम र तागत दिनुका साथै टाउको दुख्नबाट पनि बचाउँछ ।

३. धनियाँको पातको रस बनाएर कागतीमा मह मिलाएर खाँदा राम्रो हुन्छ । जब स्वास्थ्यमा खराबी भएको महसुस हुन्छ, तब यो पिउँदा राम्रो हुन्छ । सकिन्छ भने बिहान उठ्नासाथ पिउँदा पनि राम्रो गर्छ ।

४. दिनमा तीनपटक पुदिनाको रसमा मह मिलाएर पिउँदा पनि गर्भवती अवस्थामा शरीरलाई फाइदा गर्छ ।

५. बिहान उठेर नित्यकर्मपछि सामान्य खालका एक–दुईवटा बिस्कुट खाँदा राम्रो हुन्छ ।