३० आश्विन २०८३, शुक्रबार

सिक्किम गोर्खा जागरण संघको समष्टि स्तरीय समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KBBBBBBBBBBBBBBBBBगान्तोक ।। भारतको सिक्किम गोर्खा जागरण संघको समष्टि स्तरीय सभा रम्फू बजारस्थित समाज घरमा सम्पन्न भएको छ ।

सभामा पश्चिम पाण्डाम समष्टि स्तरीय समितिको गठन गरिएको छ । सभाले निर्णय गरेअनुसार पश्चिम पाण्डमका रामलाल खतिवडालाई समष्टिका अध्यक्षको रुपमा चयन गरिएको छ । भेलाले क्रमशः उपाध्यक्षमा बीएन निरौला र महासचिव जीवनकुमार दङ्गाललाई चयन गरेको छ ।

एक सप्ताहदेखि संघले वडास्तरीय घरदैलो अभियान गर्ने निर्णय लिएको छ । संघका प्रचार प्रमुख धीरज राईले एक विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार संघका अध्यक्ष केबी राईले सभाको निर्णयलाई कार्यकर्ताहरूले शिरोपर गरेर काम गर्नुपर्ने बताए ।

उनले प्रत्येक गोर्खाली सन्तानले आफ्नो इतिहासको अध्ययन गर्न जरूरी रहेको बताए । उनले आफ्नो राजनैतिक हक अधिकारप्रति सचेत रहेर कार्यक्रलाई अघि बडाउने विषयमा जोड दिए ।

यस अतिरिक्त सभाले संघको सदस्यता वितरण र कार्ड नपुगेका कतिपय ठाउँहरूमा यथाशीघ्र कार्ड पुगाउने निर्णय भएको छ ।

भेलामा अध्यक्ष केबी राई लगयात मणिलराज राई, रामलाल खतिवडा, बीएन निरौला, बेदन कुमार छेत्री, दुर्गाप्रसाद छेत्री, अनिलराज राई, लवन राई, सुकमान कालीकोटी, जीवन सुब्बा, नरेश काफ्ले, सन्दीप छेत्री आदिले सम्बोधन गरेका थिए ।