काठमाडौ । गायक प्रमोद खरेलको स्वर रहेको ‘दैव तेरो लीला कस्तो‘’बोलको स्याड गीतमाथि बनेको भिडियो सार्वजनिक भएको छ ।
केही दिन अगाडि चपली हाईट आसपासमा छायाँकन गरिएको भिडियो नयाँ पात्रलाई सशत्त अभिनयमा उतारिएको छ । रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोमा प्रिन्स अधिकारी र सानु तामाङले मोडलिङ गरेका छन् ।
भिडियोको निर्देशन रत्न जोसीले गरेका हुन् । ‘अतितका प्रेम सम्झिएर बिरक्तिएको ब्यक्तिको विषयबस्तु भिडियो उतारेको छु’, निर्देशक रत्नले थपे ।
केही गीतको म्युजिक भिडियो अनुभव हासिल गरेका मोडल प्रिन्सले आफूले मोडलिङ गरेको भिडियोमध्य यो धेरै राम्रो बनेको बताए ।
केही छोटा चलचित्रमा अभिनय गरेकी मुस्कानले पनि भिडियो राम्रो बनेको बताइन् । भिडियो छिट्टै नै सार्वजनिक गर्ने निर्देशक जोसीले बताए । गीतमा दिनेश सुबेदीको रहेको छ ।















प्रतिक्रिया