काठमाडौं, २२ साउन । सर्वोच्च अदालतले पत्रकार डेकेन्द्र थापाको हत्या अभियोगमा थुनामा परेका दुईलाई बुधबार छाड्न आदेश दिएको छ ।
न्यायाधीशद्वय गिरिशचन्द्र लाल र देवेन्द्र गोपाल श्रेष्ठको संयुक्त इजलाशले दैलेख जिल्ला अदालतको आदेशमा थुनामा रहेका अभियुक्तहरु जयबहादुर शाही र हरिलाल पुनलाई छाड्ने आदेश गरेको हो ।
अन्य तीन अभियुक्तहरु लक्षीराम घर्ती मगर, मिरक ब। घर्तीमगर र विरबहादुर केसीलाई चाहिँ थुनामै राख्ने तल्ला अदालतको आदेशलाई सर्वोच्चले सदर गरेको छ ।
लाल र श्रेष्ठको इजलाशले तत्काल प्राप्त प्रमाणका आधारमा शाही र पुन दोषी हुन्. भनेर ‘स्वतन्त्र रुपमा पुष्टि हुन नसकेकाले’ उनीहरुलाई थुनामै राख्ने पुर्पक्षको आदेश र त्यसलाई सदर गर्ने पुनरावेदन अदालतको आदेश बदर गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
अन्य तीनले भने पत्रकार थापालाई पुर्नका लागि खाल्डो खन्ने र गाड्ने काममा आफ्नो संलग्नता भएको स्वीकार्दै साबिति बयान दिएकाले उनीहरु ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको’ सर्वोच्चको ठहर छ ।
उनीहरुलाई थुन्ने जिल्ला अदालतको आदेशलाई सर्वोच्चले पनि सदर गरिदिएको छ ।
छाडिएकाहरुमा जयबहादुर वैद्य माओवादीका भेरी-कर्णाली राज्य समिति सदस्य र हरिलल पुन जिल्ला किमिटीका वरिष्ठ सचिव हुन् । थुनामा परेकाहरुमा निरक र लक्षिराम वैद्य माओवादीका जिल्ला सदस्य हुन भने वीरबहादुर एमाओवादीका ।
पत्रकार थापाका हत्याका अभियुक्तविरुद्ध जिल्ला अदालत दैलेखले २०६९ मा पहिलो सुनुवाइ गरी उनीहरु पाँचैलाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा दोषी देखिएका कारण’ पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।















प्रतिक्रिया