१ कार्तिक २०८३, आइतबार

‘दोस्रो नागरिक’ नामक नाट्य कृति बिमोचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sagar

– कृष्ण ओझा
पाँचथर । नाटककार सागर केरुङको चौंथो नाट्य कृति ‘दोस्रो नागरिक’ बुधबार फिदिममा विमोचन भएको छ ।

फिदिमस्थित तमोरभ्याली गेष्ट हाउसको चुम्देन हलमा आयोजित कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जवेगुले प्रमुख अतिथिको आसनबाट ‘दोस्रो नागरिक’ को विमोचन गरे ।

बिमोचन समारोहमा नाट्य कृति ‘दोस्रो नागरिक’ माथि समालोचक सगुन सुसाराले समालोचकीय दृष्टिकोण राखेका थिए ।

कृतिले हाम्रो समाजमा युगौंदेखि जखडिएर रहेको सामाजिक द्धन्दको उत्खनन् गरेको सुसाराले बताए । आदिवासी जनजातिहरुमाथि शाताब्दीयौं देखि राज्यले गरेको विभेदको कथा नै ‘दोस्रो नागरिक’ भएको सुसाराले टिप्पणी गरे ।

त्यस्तै कृति उपर पूर्वका अग्रज साहित्यकार प्रेम ओझा, डी.एम. कन्दङ्वा, राम प्रसाद उपाध्याय, भवानी तावा, सुरेन शिशिर केरुङ र राज दिलाञ्जलीले पाठकीय अनुभूति राखेका थिए ।

नाटककार केरुङको साहित्यिक व्यक्तित्वमाथि विश्व कवि तथा पत्रकार सन्देश सुब्बाले प्रकाश पारेका थिए ।

वक्ताहरुले २ सय ४० वर्ष सम्मको जातीय उत्पीडनले मान्छेमा कसरी बिद्रोही बिचारको जन्म हुन्छ भन्ने कुराको प्रतिबिम्ब नाटकमा रहेको बताए ।

नाटककार केरुङको यसअघि नुमाहाङमा, केमाज लाजे? र पासी भञ्ज्याङ नामक ३ वटा नाट्य कृति बजारमा आइसकेका छन् ।

कार्यक्रममा पाँचथरे सर्जकहरु मधु केरुङ, धनपति ढुंगेल, पवित्रा प्रयत्न, जंग तामाङ, विवश माङ्मु, वन्दना सिग्देल, प्रकृति सम्बाहाम्फे, भावना घिमिरे र रमेश अधिकारी लगायतले रचना वाचन गरेका थिए ।

रानीटार साहित्य समाजले आयोजना गरेको कार्यक्रम समाजका अध्यक्ष एन.बी.अञ्जानको अध्यक्षतामा सम्पन्न भएको थियो ।