वासिङटन डिसी । अमेरिकाको टेक्सास राज्यको डालसमा गत मे १४ तारिख यति च्याम्बर्स अफ कमर्सको पहलमा २६औ होम डिपो एसियन उत्सवमा नेपालीको प्रतिनिधित्व गर्दै पहिलो पटक सहभागिता भै नेपालको परिचय दिन सफल भएको छ ।
यति च्याम्बर्स अफ कमर्सको आयोजना तथा अनकन र युनाइटेड नेवाः अमेरिकाको सहयोगमा कार्यक्रम सम्पन्न भयो । उत्सव बिहान ११ः३० देखि बेलुकी ६ बजेसम्म चलेको थियो ।
नेपाल लगायत २० राष्ट्रले प्रतिनिधित्व गरेको उक्त उत्सवमा आ–आफ्नो देशको संस्कृति तथा पहिचान झल्काउने कला, पोशाक, नाच र खेलहरु प्रस्तुत गरेका थिए ।
नेपाली टोपी ,नेपाली पोशाक को साथै लाखे नांच पनि प्रस्तुत गरिएको थियो । उक्त उत्सवमा नेपाल,भारत, कम्बोडिया, भियतनाम, कोरिया लगायत २० देश संलग्न रहेका थिए ।
उत्सवमा एसियन खानाहरु, नाचगान, खेलकुद,कलाकृति, पोशाक, झाँकी, खेलकूद ,मार्शल आर्टका साथ साथै बालबालिकाहरु विभिन्न कार्यक्रमहरु राखिएको थिए ।
उत्सवको प्रायोजन नेपास हेरिटेज ट्राभल्स एंड टुर्सले गरेको थियो भने नेपाली प्रदर्शन कक्षमा नेपाली खुकुरी तथा नेपाली ढाका टोपी बिक्रिमा राखिएका थिए ।
अमेरिकामा रहेका बिदेशी तथा अन्य देशका आप्रवासीलाई नेपाल बारे चिनाउने र प्रबर्धन गर्ने हेतुले पर्चा समेत वितरण गरिएको थियो ।
उत्सवमा कुमारीको तस्विर प्रदर्शनले बिदेशीहरु निकै अभिरुचिका साथ तस्बिर लिन घुइंचो लागेको थियो ।
कार्यक्रमको संयोजन नेपास हेरिटेज ट्राभल्स एंड टुर्सका संचालक सबिन्द्र थापाले गर्नु भएको थियो भने सहायक संयोजक बिएन पन्त रहनु भएको थियो ।
संयोजक सबिन्द्र थापाले अमेरिकामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउनु नै ठूलो कुरा रहेको भन्दै नेपालको कला ,संस्कृति परम्परालाई बिदेशीहरुलाई जानकारी दिन पाउनु गौरव रहेको बताए ।
















प्रतिक्रिया