काठमाडौं । मोडल निराजन सिंह अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित भएका छन् ।
हालै मलेसियाको क्वालालमपुरमा एइइफ नामक मल्टिनेशनल व्यापार संघ (एसियन एक्सिलेन्स इन्टरप्रेनियर फेडरेसन)द्वारा आयोजित प्रेस्टिजियस ब्रान्ड अर्वाडमा उनले ‘युवा इन्टरप्रेनियर अर्वाड’ हात पारेका हुन् ।
ललितपुरको गाँछेका स्थानीय निराजन समाज सेवा र ब्यवसायमा पनि क्रियाशील छन् ।
अभिनय, सामाजिक कार्यमा सक्रिय र ब्यवसायको लगावका कारणले एक महिना अगाडि मात्र निराजनलाई किङ यनिभर्सिटी, अमेरिकाले व्यवसायिक हिसावले सफल तथा अव्वल युवाको कदर तथा सम्मान स्वरुप डक्टरेट उपाधिले सम्मान समेत गरेको थियो ।
उनको सक्रियतालाई ध्यानमा राखेर निराजनलाई यो उपाधिले सम्मान गरिएको संस्थाले जनाएको छ ।
















प्रतिक्रिया