काठमाडौं, २१ साउन । राजधानीका चर्चित डन दिनेश अधिकारी ‘चरी’ मारिएका छन् ।
बुधवार साँझ ५ वजे काठमाडौँको गोलढुङगामा प्रहरीको गोली प्रहारबाट चरी मारिएका हुन् ।
प्रहरीले दोहोर भिडन्तमा मारिएको बताएको छ ।
तर, सेल्टर खोजेर लुक्दै हिँडेका चरीलाई नियोजित रुपमा प्रहरीले हत्या गरेको चरीका एक सहयोगीले दैनिक नेपाललाई बताए ।
उनका अनुसार चरीलाई दुई ओटा गोली लागेको थियो ।
अपराध अनुसन्धान महाशाख हनुमान ढोकाका प्रमुख, एसएसपी पुष्कर कार्की भने चरी मुठभेडमा मारिएको दाबी गरेका छन् ।
चरी लामो समयदेखि फरार थिए । उनलाई प्रहरीले खोजि गरिरहेको थियो । उनी धादिङ क्षेत्र नम्बर १ का एमाले उपाध्यक्ष समेत रहेका थिए ।














प्रतिक्रिया