– निशानदाजु भट्टराई
दाङ । पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित पुनरागमन उपन्यासको विमोचन गरिएको छ । मंगलबार घोराहीमा आयोजित एक कार्यक्रममा उपन्यासको विमोचन गरिएको हो ।
पत्रकार महिलाहरुको संघर्षशील कथामा आधारित उपन्यासको जिल्लामा क्रियाशिल पत्रकार महिला र सामाजिक संघसंस्थामा
क्रियाशिल महिलाहरुले संयुक्तरुपमा विमोचन गरेका थिए ।
असहाय बालबालिकाको शैक्षिक सहयोगार्थ प्रकाशित उपन्यासलाई पत्रकारहरु बसुन्धरा गौतम, लीला शाह, रञ्जीता शर्मा, नारायणी रजौरे, शारदा शर्मा र दाङ जिल्ला उद्योग वाणिज्य संघकी कोषाध्यक्ष मञ्जु बज्राचार्यले संयुक्तरुपमा विमोचन गर्नुभएको थियो ।
सो अबसरमा बोल्ने वक्ताहरुले उपन्यास सन्देशमुलक भएको टिप्पणी गर्दै उपन्यासको बिक्री रकम सामाजिक काममा लगाउने उपन्यासकार
प्रियासनको सोंच उत्तम भएकोमा प्रशंशा गरेका थिए ।
नेपाल पत्रकार महासंघ दाङ शाखा सल्लाहकार, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं राप्ती अञ्चल इञ्चार्ज, राप्ती साहित्य परिषद्का केन्द्रीय महासचिव समेत रहेका प्रियासन दाङबाट प्रकाशित गणतन्त्र दैनिकको प्रकाशन तथा सम्पादक समेत छन् ।
प्रियासनले यस अगाडि दुईवटा उपन्यास, एक वटा कथा संग्रह र सम्पादकीय संग्रह प्रकाशित गरिसकेका छन्। उनका थुप्रै फुटकर कविताहरु पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
आगामि प्रस्तुतीकोरुपमा रहेको नम्रता उपन्यास लेख्नेक्रममा पुनरागमन उपन्यास तयार भएको र उपन्यासले पाठकको मन जित्ने लेखक प्रीयासनले विश्वास ब्यक्त गर्नु भयो ।
प्रियासनले यस अगाडि पनि अपांगता भएका व्यक्तिहरुलाई सहयोग होस भन्ने उद्देश्यले रोदनपछिको उपन्यास प्रकाशित गरेका थिए । जसको बिक्रीबाट संकलित रकम घोराहीस्थित झिंगौरामा रहेको अपांग संघलाई प्रदान गरिएको थियो ।
















प्रतिक्रिया