२९ आश्विन २०८३, बिहिबार

चार्ज गर्न जाँदा पहिरोबाट ज्‍यान बच्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pahiroसंखुवासभा, २१ साउन । साँझ ढल्दै थियो, ७ बजेतिर १३ वर्षीय बमबहादुर कोइरालाले भने, ‘बुबा मोबाइलको चार्ज सकिएछ, म चार्ज गर्न जान्छु।’ बुवाले पनि सहजै बिदा दिए, ‘चार्ज गरेर बिहान चाँडै आउनु।’ यो संवाद नै बाबुछोराबीचको अन्तिम बोली बन्यो।

जलजला-७ मेघेस्थित साथी राजन खड्काका घरमा मोबाइलको ब्याट्री चार्ज गर्न गएका बमबहादुरले बिहान फर्किदा न घर देखे, न बाबुआमा र दिदीलाई नै। उनले परिवारका सबै सदस्य गुमाइसकेका थिए। सोमबार बिहान आएको पहिरोले घरसँगै उनका बाबुआमा र दिदीलाई बगाएको थियो। ‘मलाई त सपनाजस्तै भयो,’ बमबहादुरले रूँदै भने।

उनी घर फर्किदा गाउँलेहरू भेला हुँदै थिए। उनले माथिल्लो घरका काकालाई सोधे के भयोरु काकाले केही जवाफ फर्काएनन्। उनले आत्तिदै ‘हाम्रो घर बगाएको होर’ भन्‍न थाले। त्यसपछि काकाले भने, हो नानी आज राति पहिरोले घर बगाएछ। बमबहादुरलाई भाउन्न भयो, वरिपरि सबै घुम्यो अनि रुदै बुबा, आमा, दिदी भन्न थाले। उनलाई गाउँलेले समाले।

एक छिनपछि प्रहरीसहित उद्धार टोली आएर पुरिएका शव खोज्न थाल्यो। प्रहरीले पहिरोमा पुरिएका उनका बुवा, आमा र दिदीको शव निकाल्यो। उनी भन्दै थिए, ुम पनि बाँचेको भन्दा मरेकै भा हुन्थ्यो नि। सबै गुमाएपछि मेरो के अर्थ रह्यो र ?’

सदरमुकामबाट गएको राहत टोलीले किरिया खर्चबापत एक लाख २० हजार रुपैयाँ दिँदा पनि उनले ‘यसले के गर्नुु भन्दै रकम लिन अन्कनाए। उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उनलाई सम्झाउँदै आश्वासन दिए, ‘दुस्ख नमान यस्तै भयो। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । तिमीलाई निस्शुल्क अध्ययनका लागि पहल गर्छु।’

सभासद दिपक खड्काले पनि उनका लागि १० लाख रुपैयाँ खर्च उपलब्ध गराउन सरकारसँग माग गर्ने आश्वासन दिए। बमबहादुरको मन अझै थामिएको छैन। घरबास नै पहिरोले निमट्यान्नै बनाएपछि अब के गर्ने र कसो गर्ने भन्ने चिन्ताले सताएको छ।

उनी जस्तै राजेन्द्र कोइरालाले पनि भैसीका कारण ज्यान जोगाएका छन्। दिउँसो बेसीमा राखिएका भैसीलाई घाँस काट्न गएका राजेन्द्र र उनकी पत्नी कमला त्यो रात घर फर्किएनन्। त्यही रात पहिरोमा पुरिएर उनका बुवा मेहरमान र आमा कुमारीले ज्यान गुमाए।