२९ आश्विन २०८३, बिहिबार

अब श्रम करार विभागमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baideshik-rojgar-bibhagकाठमाडौं, २ज्ञ साउन । वैदेशिक रोजगारीमा जानेहरु ठगिने घटना बढेपछि वैदेशिक रोजगार विभागले कामदारकै उपस्थितिमा विभागमा त्रिपक्षीय श्रम करार गराउने भएको छ।

विभागले कामदार, म्यानपावर कम्पनीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच त्रिपीक्षय करार गराएर कामदारलाई सोधपुछ गरेपछि मात्र श्रम स्वीकृती दिने निर्णय गरेको हो।

श्रम तथा रोजगार मन्त्रालयले साउन ११ गते निर्णय गरेर विभागलाई त्यस्तो करार गराउन निर्देशन दिइसकेको छ।

विभागले साउन २७ गतेपछि त्रिपक्षीय करार लागू गर्ने तयारी गरेको छ। २७ गते विभागका कार्यालय श्रम ग्राम ताहाचलमा सर्ने निश्चित भएको छ।

त्यहाँ सरेपछि नयाँ व्यवस्था लागू हुने विभागले जनाएको हो। विभागले पहिलो चरणमा ओमन जाने कामदारमा नयाँ व्यवस्था लागू गर्ने समाचार आजको नागरिक दैनिकले छापेको छ।

विभागका महानिर्देशक जगन्नाथ देवकोटाले त्रिपक्षीय करार लागू गराउन मन्त्रालबाट निर्णय भएर निर्देशन भइसकेको बताए।

‘हामी ताहाचल सरेको भोलिपल्टदेखि नै नयाँ व्यवस्था लागू हुन्छ, अहिले यहाँ (तीनकुने) स्थान र कर्मचारी अभावका कारण लागू हुन सकेको छैन,’ उनले भने, ‘ओमनबाट सुरु गर्छौं त्यसको प्रतिक्रिया हेरेर अरु मुलुकमा पनि तत्काल लागू हुन्छ।’

नयाँ व्यवस्था लागू भएपछि कामदार अन्तिम श्रम स्वीकृति लिनुअघि विभागमै उपस्थित हुनुपर्ने हुन्छ। कामदार, म्यानपावर कम्पनी र सरकारी प्रतिनिधिबीच कामका विषयमा विभागमै सवालजवाफ हुने छ।

कामदार कुन देश जान लागेको, कति पारिश्रमिक र सुविधामा जाने लागेको, कति लागतमा जान लागेकोलगायत प्रश्न सरकारी प्रतिनिधिले विभागमै कामदार र म्यानपावर कम्पनीलाई सोध्ने छन्।