२८ आश्विन २०८३, बुधबार

यसकारण सर्‍यो एमाले महाधिवेशन…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौ । नेकपा एमालेको  महाधिवेशनको मिति सरेको छ ।

केन्द्रीय कार्यालय बल्खुमा आइतबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति आगामी असार १९ देखि २५ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।

यसअघि महाधिवेशको मिति आगामी जेठ २४ देखि ३० गतेसम्म गर्ने तय गरेको थियो ।

पार्टी अध्यक्ष झलनाथ खनालको मंगलबारबाट सुरु हुने चीनको भ्रमण र संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्य उपचार थाइल्यान्डमा भइरहेको कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव आइतबारको बैठकमा अध्यक्ष खनालले राख्नुभएको थियो ।

एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार अध्यक्षको चीन भ्रमण र नेता ओलीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै महाधिवेशनको मिति पर सरेको हो ।

यस्तै बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनका विषयमा समेत मतैक्यता भएको बताइएको छ ।

सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरूलाई पनि स्वतः प्रतिनिधि बनाउने निधोसमेत बैठकले गरेको छ । विभिन्न जनवर्गीय संगठनका अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई पनि स्वतः प्रतिनिधि बनाउने प्रस्ताव केही केन्द्रीय सदस्यहरूले बैठकमा राख्नु भएप्नि सो प्रस्ताव भने पारित हुन सकेन ।

बैठकमा अध्यक्ष खनालले आगामी जेठ ३० गते एकैदिन मुलुकभरि नै प्रतिनिधिको छनौट गर्ने प्रस्ताव बैठकमा राख्नुभएको थियो । अध्यक्ष खनालको सो प्रस्तावलाई आजको बैठकले पारित गरेको नेता ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै सदस्यता नवीकरणको म्याद भने थप गरिएको छैन । महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेजको मस्यौदालाई अन्तिम रूप दिनका लागि आगामी जेठ ११ देखि १३ गतेसम्म केन्द्रीय समितिको बैठक बस्ने निर्णयसमेत आजको बैठकले गरेको छ ।

एमालेले समाज पूँजीवादीकरण भइसकेको भन्दै अब समाजवादी क्रान्तिको अभियान चलाउनुपर्ने र समाज अझै पनि अर्ध सामन्ती र अर्धऔपनिवेशिक रहेको कारण सो प्रस्ताव गलत भएको भन्ने विवाद जारी रहेको छ । सो विवादका बीच नेताहरूले केही दिन पहिले मात्र राजनीतिक दस्तावेजमा सहमति जुटाएका थिए ।