२९ आश्विन २०८३, बिहिबार

अवरोध गरेकोमा ओली असन्तुष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oliकाठमाडौ, २१ साउन । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले सम्हालेका मन्त्रालयका काममा काग्रेसले अवरोध सिर्जना गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

एमालेले सम्हालेका मन्त्रालयहरुको नियुक्ति लगायतका काम त्यहीकारण रोकिएको उल्लेख गर्दै ओलीले यसलाई गम्भीर ढंगले उठाउने अवस्था आएको बताए ।

पार्टी कार्यालय बल्खुमा गत महाधिवेशनमा बनेको स्वास्थ्य उपसमितिले कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संयुक्त सरकार हो भन्ने नबिर्सन काग्रेसलाई चेतावनी दिए ।

‘नेपाली काग्रेसले यो सरकार आफ्नोमात्र हो जस्तो नसोचोस्,’ अध्यक्ष ओलीले भने, ‘संयुक्त सरकार हो त्यसैले मन्त्रालयमा सम्बन्धित मन्त्रीहरुले गरेको निर्णय र सिफारिसहरुलाई नकार्न मिल्दैन ।’

एमालेले यसअघिदेखि नै आफ्ना मन्त्रालयका काममा काग्रेसले हस्तक्षेप गर्ने गरेको भन्दै आपत्ति जनाउदै आएको थियो । काग्रेसकै कारण स्वास्थ्य मन्त्रालयअन्तर्गतका नियुक्तिहरु हुन नसकेकेको एमालेको बुझाई छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति नियुक्ति लगायतको समस्या पनि त्यही कारण भइरहेको एमालेको बुझाई छ । वीर अस्पतालमा भइरहेको आवासीय चिकित्सकहरुको हड्तालमा पनि उपकुलपतिलगायतका पदाधिकारी नियुक्तिको माग पनि समेटिएको समाचार आजको कान्तिपुरदैनिकले छापेको छ ।

अन्य मन्त्रालयहरुका काममा पनि पनि पनि समस्या खडा भइरहेकोले ओली यसबारेमा प्रधानमन्त्री सुशील कोइरालासंग कुरा गर्ने तयारीमा छन् ।

यसैगरी ओलीले पार्टी भित्र आफूले गुटबन्दी नगर्ने धारणा पनि कार्यक्रममा राखेका छन् । उनले आफू पनि गुटबन्दी नगर्ने र अरुलाई पनि गुटबन्दी गर्ने वातावरण सिर्जना नगर्ने ओलीको कथन थियो ।

उनले संविधान निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्ने ओलीले बताए । कार्यक्रममा ओलीले महाधिवेशनमा खटिने २ सय ७४ जना स्वास्थ्यकर्मीलाई प्रसंशापत्र वितरण गरेका थिए ।