२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्रीलाई टयुमरलाइसिस सिन्ड्रोम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-On-Rest-Big-650x468काठमाडौ, २१ साउन । प्रधानमन्त्री सुशील कोइरालालाई ‘टियुमरलाइसस सिन्ड्रोम’ले गर्दा कमजोरी, खोकी, ज्वरोलगायतका समस्या देखिएको छ । यो फोक्सोमा देखिएको क्यान्सरको गाठो उपचारपछि पग्लदै जादा देखिने स्थिति हो ।

‘फोक्सोमा देखिएको गाठोको विकिरण चिकित्सा गरिएकोले ‘टयुमरलाईसिस सिन्ड्रोम’ अन्तर्गत ज्वरो देखिएको हो,’ उच्च स्रोतले भन्यो, ‘उहाँको अरु सबै कुरा ठीक छ ।’ प्रधानमन्त्री कोइरालाको ‘टयुमरलाईसिस सिन्ड्रोम’को चिकित्सकहरुले व्यवस्थापन गर्दैछन ।

टयुमरलाइसिस सिन्ड्रोम कडा रुपमा प्रस्तुत भएपछि अन्य संक्रमणले गर्दा ज्वरो देखिनसक्छ । टयुमर लाइसिस सिन्ड्रोमको सबैभन्दा नराम्रो असर मुटूको चाल नियमित हुन नसक्नु रहेको जनाउँदै भक्तपुर क्यान्सर अस्पतालका एक जना क्यान्सर विशेषज्ञले भने, ‘यसमा युरिक एसिड बढेपछि देखिने लक्षण, शरीरमा क्याल्सियमको कमी हुनु लगायतका अन्य समस्या देखिन्छ ।’

अर्का एक चिकित्सकले भने कोइरालालाई ‘रेडियेसन इन्ड्युस्ड निमोनाइटिस’, अर्थात विकिरण उपचारले फोक्सो सुन्निने स्थिति भएको हुनसकने आशंका समेत गरे ।

उनले विकिरण उपचारको यति पछाडी टयुमरलाइसिस सिन्ड्रोम सम्भवतः देखिनु नपर्ने जनाउदै उनले भने, ‘गाठोलाई लक्षित गरेर विकिरण दिदा किरण फोक्सोको बाटो हुदै गाठोमा पुग्छ । उक्त विकिरणले गर्दा प्रतिक्रियाको रुपमा ज्वरो, स्वासप्रस्वासको समस्या आदि देखिन सक्छ ।’ ती चिकित्सकको दाबीअनुसार प्रधानमन्त्रीलाई उक्त दुवै समस्या देखिएको हुनसक्छ ।

७५ वर्षीय कोइरालालाई न्युनतम करिव अढाइ महिनासम्म संक्रमणमुक्त स्थितिमा धपेडी विहीन जीवनयापन गर्न उपचाररत चिकित्सकले सल्लाह दिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । उनको फोक्सोमा क्यान्सरको कोषहरु मिलेर विकसित गाठोलाई हालै अमेरिकामा लक्षित विकिरिण चिकित्सा गरेर नष्ट गर्ने काम भएको थियो ।

क्यान्सर रोग विज्ञानअनुसार टयुमरलाइसिस सिन्ड्रोम क्यान्सरको उपचारपछि देखिने एउटा ‘मेटाबोलिक’, जटिलताको समुह हो । यो जटिलता क्यान्सर भएका कोषहरु मर्न लाग्दा उत्पन्न हुने गर्छ ।

सोमबार कोइराला भाषण गर्दागर्दे कमजोरीलगायतका शारीरिक समस्याले ढल्ने स्थितिमा पुगेका थिए । स्रोतको अनुसार ज्वरो, कमजोरी आदिले प्रमको निजी चिकित्सक प्रा।डा।करविरनाथ योगीले प्रम कार्यालयलाई भाषण छोटो हुनुपर्ने सुझाव दिएका थिए ।

विकिरण चिकित्सा र फोक्सोसम्बन्धी जटिल समस्याले रोगप्रतिरोधक क्षमता घटाएकाले प्रधानमन्त्रीलाई संक्रमणको उच्च जोखिम छ । न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरवाट उपचार गराएर मुलुक फर्किएसंगै कोइरालालाई भीडभाडमा नजान र बढी व्यक्तिसँग हिमचिम नगर्न चिकित्सकले सल्लाह दिएका थिए ।