अनिल खत्री
गुल्मी। गुल्मी सेवा समाज कतारले आगालागि पीडितलाई सहयोग गरेको छ ।
अगालागीबाट पीडित भएका जिल्लाको तुराङ्ग गाविस ८ का धनबहादुर कुमाल र सोही स्थान निवासी खिमे कुमाललाई गुल्मी सेवा समाज कतारले आर्थिक सहयोग गरेको हो ।
धन बहादुरलाई ३० हजार र खिमे कुमाललाई १९ हजार ६ सय १५ रुपैया सहयोग गरिएको गुल्मी सेवा समाज दोहा कतारका सचिव कुमार अविरलले जानकारी दिनुभयो ।
समाजले रोजगारीका लागि बिदेशमा भएपनि जिल्लामा हुने गरेका आगलागी, रोगले पीडित, बाढीपहिरोबाट विस्थापितलगायत विभिन्न सामाजिक कामहरुलाई सहयोग गदै आएको छ ।
उक्त सहयोग रकम गाविस सचिव लोकनाथ पोखरेल र मजुवा प्रहरी चौकीका प्रमुख प्रविण कार्कीको उपस्थितीमा पीडितहरुलाई एक कार्यक्रमकाबीत हस्तान्तरण गरिएको छ ।
कुमालको गत बैशाखमा अचानक आगालागि हुदाँ घर, गोठ, धनमाल, लत्ताकपडा र पशु चौपाय सबै जलेर नष्ट भएका थिए ।














प्रतिक्रिया