१ कार्तिक २०८३, आइतबार

सेनाका श्रीमतीहरुले इण्डियन हिरोइन ल्याउँदा किन दुःखी भए राजेश हमाल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-sonakchi

काठमाडौं, २ जेठ । नेपाली सेनाहरुका श्रीमतीको संगठन सैनिक श्रीमती संघले आयोजना गरेको ‘अमरपक्षी’ कार्यक्रमदेखी महानायक राजेश हमालले दुःख व्यक्त गरेका छन् ।

उनले भारतीय हिरोइनलाई स्वागत गर्न नेपाली सेनाका जर्नेल समीर शाही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकोमा दुःख व्यक्त गरेका हुन् । जर्नेल शाहीले बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई एयरपोर्ट पुगेर रिसिभ गरेका थिए ।

sonkchhi-in-nepal-4
सोनाक्षीलाई स्वागत गर्दै जर्नेल समीर शाही ।

उक्त समाचार आजका पत्रपत्रिकामा प्रकाशित भएपछि हमालले सामाजिक सञ्जाल फेसबुकबाटै सेनाको यस्तो कार्यबाट आफू लज्जित भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले लेखेका छन्– नेपाली सेना देशको गौरव हो । तर, यो समाचार पढेपछि देशको एउटा नागरिकका रुपमा मेरो गौरव चकनाचुर भएको छ । देशको एउटा विनम्र कलाकारका रुपमा मैले हिनतावोध गरे । यदि उनीहरुलाई विदेशबाट आएका कलाकारलाई स्वागत गर्नु नै थियो भने सादा पोशाकमा गर्न सक्थे ।’

भूकम्प पीडितको सहयोका लागि भन्दै सेनाका श्रीमतीहरुले शनिबार साँझ टुँडिखेलमा अमरपक्षी नामको कन्सर्ट आयोजना गरेको थियो । जहाँ बलिउड नायिका सोनाक्षी सिन्हा र मलाइका अरोरा आएका थिए ।

इण्डियन हिरोइनलाई स्वागत गर्न जर्नेल नै पठाएपछि सामाजिक सञ्जालमा नेपाली सेनाको चर्काे अलोचना भएको छ भने प्रधानसेनापति राजेन्द्र क्षत्रीले जवाफ दिनुपर्ने आवाज पनि उठ्न थालेको छ ।

यस्तो छ राजेशको फेसबुक स्टाटसः

Rajesh-Hamal