१ कार्तिक २०८३, शनिबार

कोरियामा अपाङ्ग जिन्दगीसँगै कानुनी लडाई लड्दै एक नेपाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo depak– अर्जुन बराल
सोल, २ जेठ । “जिन्दगीले यसरी धोका दियो……..”.गायक रामकृष्ण ढकालले गायको यस गित उनको जिन्दगीको यथार्थता सँग दाँजेर हेर्दा केहिहद सम्म मिल्न जाँदो रहेछ । आजभन्दा चार बर्ष छ महिना अगाडी सुन्दर भबिष्यको कल्पना गरि रोजगार प्र्रक्रिया प्रणालीको माध्यमबाट रोजगारको आर्कषण गन्तब्य स्थल मानिएको दक्षिण कोरियामा पहिलो चोटी पाईला टेक्दा उनी आफुजति खुसि अरुलाई देख्दैनथे दुर्भाग्य आज उनका ती हिजोका खुसिका कुनैपनि क्षण उनको मुहारमा देखिन्न् ।

बाग्लुङ जिल्ला पैयुथनथाप स्थाथी ठेगाना भई चितवन टाँडीमा बस्ने बर्ष ३१ का यी युवक दिपक पौडेल आजका दिनमा कहिले आनसान् त कहिले राजधानी सउलतीरका चर्चमा बिहान बेलुकाको छाकटार्न भेट्टिन्छन । सन् २०१३ नोभेम्बर २९ तारिख बिहान चार बजे कोरियाको ह्वासङस्थीत दोङसङ को–अपरेटिभ कम्पनिको प्रेशमेसिनबाट उनको देब्रे हात क्षतबिक्षत बन्न पुग्यो । उनी लगातार एकबर्षसम्म हस्पिटलमा बसे । यस अबधिमा नेपाली दुतावास कोरियाका तत्कालीन श्रमसहचारी अनिल गुरुङ दुईचोटी र तत्कालीन उपनियोग प्रमुख राजाराम बर्तौला एकचोटी हस्पिटलमा आफनो लोकप्र्रियताको लागि के छ अबस्था, जे भयो भयो हामी छौ अब कानुनी लडाई हामी लड्छौ हजुरको तर्फबाट पाउँनुपर्ने क्षतिपुर्तीका लागि, भन्नुबाहेक केहि सहयोग भयन मेरो लागि । बरु कोरियाको बिमा कम्पनिबाट केहि क्षतीपुर्ती पाय । पन्ध्रचोटी सम्म उनको हातको अप्र्रेशन हुँदा उनी पिडा र बेदनामा छटपटिदै दुतावासमा क्षतिपुर्तिका लागि अदालती प्रक्रियामा जाने माध्यमका लागि पहल गरिदिन अनुरोध गर्दा दूतावासका जिम्मेबार ब्यक्तिहरुले मेरो बेवास्ता गरे दिपक को कथन छ ।

नेपालबाट कोरिया आउँदा उनी स्कापफोल्डीङ्ग बन्ने कम्पनिमा एकबर्ष काम गरे त्यसपछि उनी यो कम्पनि बिबिध कारणले छोडी रबर बन्ने कम्पनिमा लागे जहाँ उनी दुर्घटनामा परे । यसपश्चात एकबर्षसम्म दुर्घटनाका कारण हस्पिटलमा डाक्टरको निगरानीमा बस्नुपर्ने भयो । उनको तीनबर्षे भिषा सकिनै लाग्दापनि कम्पनिले एकबर्ष दशमहिना भिषाका लागि अध्यागमनमा आबेदन दिएन् । डक्टरले उनलाई फेरि दुईबर्ष उपचार प्रक्रियामा रहनै पर्ने जनाउँ गरे । तर मसँग कोरिया बसाईका लागि भिषा थियन । मलाई समस्या परयो । संयोग मलाई अस्पतालले दुईबर्षका लागि मेडिकल भिषा उपलब्ध गराउन अध्यागमनलाई अनुरोध गरेसँगै उपचारका लागि दुई बर्षका लागि भिषा मिलेको छ । मेरो दुर्घटना समयमा बाग्लुङ्ग समाज दक्षिण कोरियाले सामाजिक संजालमा सहयोग अभियान चलायसँगै तीनलाख नेपाली सहयोग गरेको थियो त्यसबाहेक मैले कतै सहयोग पाईन । धेरै सामाजिक संघसंस्थाका जिम्मेबार ब्यक्ति आए भेटे फोटो खिचे सामाजिक संजालमा राखे सस्तो लोकप्रियता कमाए तर नेपाली ले नेपालीका लागि के गर्न सकिन्छ ? उनी थप्छन त्यो बिषयमा सोच्न उनीहरुलाई फुर्सद हँुदैन र भएन पनि ।

परिवारमा चारभाई मध्ये माईला दिपक दुर्घटना पश्चात एकचोटीपनि नेपाल गएका छैनन् । बैदेशिक रोजगार प्रक्रियामा जानुपूर्ब नेपालमा गरिने बिमाप्र्राप्ती बिषयमा उनले दुतावासमा आफै गयर जानकारी लिए भने दुतावासका तर्फ बाट गर्र्नुपर्ने पहलका बिषयमा दुतावासका जिम्मेबार ब्यक्तिले यहाँबाट केहि सहयोग हुन्न भन्नुभयो उनी अगाडी भनछन् आखिर मरेका लासलाई नेपालमा पुरयाउँनेमात्र दुतावासको भुमिका हो ?

हाल उनी कोरियाको आङछाङबाट कानुनी केश लडिरहेका छन् । कम्पनिबाट पाउँनुपर्ने क्षतीपुर्तीका बिषयमा भने उनलाई भाषा लगायत अन्य कानुनी प्रक्रियाका निम्ति वकिल खोजिदिने लगायतका अन्य समस्या समाधानमा चौध बर्ष नेपालमा बसेका र नेपाली भाषाको पोख्त ज्ञान भयका कोरियन पास्टर एस.के.पार्कले सहयोग गरिरहेका छन् । सम्भबत उनको अब ५÷७ महिनामानै अदालतले क्षतिपुर्तीका बिषयमा मुद्दा टुङ्गाउने छ । कोरियामा पाँच छ दर्जन सामाजिक संघसंस्था छन् आखिर नेपालीको समस्या समाधान प्रक्रियामा ती कहाँ छन् ? आखिर एक नेपालीले भोग्नुपरेको समस्या समाधानमा दुतावास केहि पहल कदमी गर्न सक्दैन भने उसको औचित्य के र किन ? उनी दुतावासप्रति प्रश्न तेर्साउदै जवाफ खोजिरहेका छन भने आज म तड्पी तड्पी बाँचीरहेको छु, सधैभरि पेनकिलर खाएर निदाएको छु कैयौ रात आँखाभरि आँशु भरेर रात कटाएको छु । यो बेदना कल्लाई थाहा छ उनी भाबबिह्वल बन्दै भन्दछन् ।

यसै बिषयमा दुतावास सँग आखिर दुतावासले पुराना घटनाका फाईलपाना पल्टाउँन छोडेको रहेछ तपाईहरुले आफनो जिम्मेबार निर्बाह गर्न साँच्चै चुक्निुनै भयको हो भनेर नवनियुक्त श्रमसहचारी देबराज ढकाल सँग प्रश्न गर्दा उहाँ यस बिषयमा आफु नयाँ भएको र आफनो तर्फबाट गर्नुपर्ने भुमिका र जिम्मेबार निर्बाह गर्न कुनै कसर बाँकी नरहेको प्रतिक्रिया दिदै बरु उहाँ छिट्टै आफनो सम्र्पकमा आएर समस्याको जानकारी गराए समाधान प्रक्रियामा दुतावासको भुमिका महत्वपूर्ण रहने जनाउँ दिनुभयो ।