२८ आश्विन २०८३, बुधबार

५० बर्षको उमेरमा बिहे बन्धनमा बाँधिँदै अभिनेत्री मिथिला शर्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mithila-Sharma

काठमाडौं। अभिनेत्री मिथिला शर्माको ५० वर्षको उमेरमा विवाह हुने भएको छ। कुशल नृत्याङगनासमेत रहेकी उनले पूर्व आइजीपी मोतिलाल बोहरासँग घरजम गर्ने भएकी हुन्। कान्तिपुर पब्लिकेसनको अग्रणी नेपाल साप्ताहिकसँगको कुराकानीमा उनले २०७१ साल भित्र बिहे हुने बताएकी छिन्।

मिथिलाले हुनेवाला पती बोहरासँग ३२ भदौ ०२४ मा असई पदबाट प्रहरीमा प्रवेश गरी त्यसको एक वर्षपछि नै प्रहरी निरीक्षक भएयता नै नजिकबाट चिन्दै आएको उल्लेख गरेकी छिन। ‘पुलिस क्लब र अन्यत्र कार्यक्रममा पनि उहाँसँग मेरो धेरैपटक भेट भएको हो तर पहिलोपटक कहाँ भेटे भन्ने सम्झिन सक्दिन,’ अभिनेत्री शर्माले भनेकी छिन, ‘जिवनमा मलाई यो निर्णय लिन यति कठिन कहिल्यै भएको थिएन।’

motilal-bohara

मिथिलाका हुनेवाला पती ७४ वर्षअघि अछामको गजरा गाविस ४ मा जन्मेर भारतमा शिक्षादीक्षा पाएका बोहराका दुई छोरा र तीन छोरी छन्। बोहराकी पत्नी कलाको ५ फागुन ०६९ मा मृत्यु भएको थियो। सौम्यता र शिष्टतामा कहलिएकी उनले आजसम्म एक सय जति चलचित्र र दुई सयजति टेलिचलचित्रमा सफल अभिनय गरेर नेपालकै सम्मानित र प्रशंसित अभिनेत्री मात्र होइन, एक विशिष्ट नारी प्रतिभाका रुपमा समेत ख्याति आर्जन गरेकी छिन्। उता, बोहरा भने भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्धा खेपिरहेका छन्, जुन अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।