सिकागो । सिकागोमा रहेका अल्प संख्यक एसियालीहरुको सामाजिकीकरणको लागि सिटी अफ सिकागोले मान्यता प्रदान गरेको एसियन हेरिटेज काउन्सिलले आयोजना गरेको एक कार्यक्रममार्फत सिकागो निवासी सामाजिक कार्यकर्ता गोपाल कंडेल (बेनि माधब)लार्इ समुदायको हितमा सक्रिय योगदान पुर्याएको भनि कम्युनिटी सर्विस अवार्ड प्रदान गरेको छ ।
स्टेट अफ इलिनोइजका सेक्रेटरी जेसी ह्वाइटले प्रदान गरेको सो पुरुस्कारका कारण सामाजिक काम गर्नेहरुको कामको उच्च मूल्यांकन हुने र काम गर्न अझ उत्साह थपिएको कँडेलको भनाइ छ ।
कँडेलले आफूले जस्तो काम गर्न अरु नेपलीहरुलार्इ आग्रह गर्नु भयो ।
गत बर्ष नेपालमा गएको भूकम्पको बेला कंडेलले नेतृत्व गरेको सिकागोल्याण्ड नेपाली फरैंड्शिप सोसाइटीको सक्रियतामा गठन भएको भूकम्पपीडित राहतकोषले करिब साठी लाख नेपाली रुपैया नेपाल सरकारको राहत खातामा पठाएको थियो ।
अमेरिकाबाट सरकारको राहत खातामा पहिलो चोटी जम्मा गरेपछि अन्य शहरबाट पनि सरकारी राहत खातामा रकम जम्मा भएको थियो ।
सिकागोमा रहेका नेपालीहरुको हकहितमा काम गरेका र स्वयम् मातृभूमिको दुःखमा निकै सक्रियताको साथमा काम गरेको कारण एसियन हेरिटेज काउन्सिलले अवार्डको लागि सिफारिश गरेको थियो ।















प्रतिक्रिया