२९ आश्विन २०८३, बिहिबार

सेनाले दुईपटक विष्फोट गरेपछि सनुकोसीको कृतिम ताल खुल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkoshi-final

काठमाडौँ, साउन २० । विशेषज्ञहरुको सुझावका आधारमा सुनकोशी नदीमा पहिरोले खसेपछि बनेको तालको पानी बाहिर पठाउन नेपाली सेनाले मंगलबार दुईपटक विष्फोट गराएको छ ।

विष्फोटपछि कृतिम तालको पानी यथासक्दो चाँडो खाली गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

मंगलबारको बिस्फोटनपछि तालको पानीको भित्री बहाव १८० क्युसेक छ भने बाहिरी बहाव २०४ क्युसेक रहेको नेपाली सेनाले जनाएको छ ।

त्यसैगरी भारतीय प्राविधिक टोलीले स्थलगत अवलोकनपछि पानीलाई नियन्त्रित तथा नियमित बहावमा पठाउने नेपाली सेनाको प्रयासलाई निरन्तरता दिन सुझाव दिएको छ ।

पानीको स्थिति र सम्भावित खतराबारे जलउत्पन्न प्रकोप नियन्त्रण विभाग, जल तथा मौसम विज्ञान विभाग र खानी तथा भूगर्व विभागका विज्ञहरुले पनि मंगलबार स्थलगत अवलोकन गरेका छन् ।

प्राविधिकहरुको अवलोकपछि नेपाली सेनाले एक्जाभेटर र डोजरको प्रयोग गरेर भए पनि पानीलाई नियमित बहावमा बाहिर पठाउने तयारी गरेको हो ।

एक्जाभेटर र डोजरलाई हेलिकोप्टरबाट पहिरो झरेको स्थानमा लैजाने तयारी छ । पानीलाई गहिरो र फराकिलो निकाश गराईअवरुद्ध अरनिको राजमार्गलाई सुचारु गर्ने सेनाको योजना छ ।