३० आश्विन २०८३, शुक्रबार

कतारबाट क्यान्सरपीडित रबिना धिमाललाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– ध्रुब क्षत्री

कतार । नेपालको मोरंग जिल्ला स्थाई ठेगाना भएकी रबिना धिमालको उपचारका लागि कतारमा रहेका नेपालीहरूबाट आर्थिक सहयोग भएको छ ।

क्यान्सर रोगबाट पीडित रबिनाको काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनलाई ब्लड क्यान्सरको समस्या रहेको छ ।

रबिनाको उपचारमा आर्थिक आव भएको समाचार आएपछि कतारस्थित नयाँ शक्ति अभियानका अभियन्ताहरुले आर्थिक सहयोग गरेका हुन् ।

नयाँ शक्ति कतारका अभियन्ता तथा नयाँ शक्ति मध्यपूर्वका सदस्य सचिव सुमन सिजाली मगर र नयाँ शक्ति कतारको शाहनिया क्षेत्रका क्षेत्रीय संयोजक दिनेश कुमार धिमालको सकृयतामा विभिन्न सयोगी व्यक्तिहरुबाट, ब्लड क्यान्सर पीडित रबिना धिमालको लागि नेपाली रुपियाँ ६५ हजार ३ सय ४२ संकलन गरेर पठाइएको छ ।

धिमाल जातीय बिकाश केन्द्रका महासचिब केदार धिमालमार्फत रबिना धिमाल बचाउ अभियानका संयोजक सुनिल धिमाललार्इ नयाँ शक्ति कतारले हस्तातरण गरेको छ ।

रबिनाको उपचारका लागि दिनेश धिमाल, सुमन सिजाली मगर, केदार धिमाल, प्रकाश गुरुङ, कन्हैया चौधरी, राम तामाङ, चोला कोइराला, दिपिन पुलामी, शमशेर तामाङ, गणेश चौधरी, सुमन मगर, नेत्र धिमाल, राजन थापा मगर, सन्दिप अधिकारी, मनोज धिमाल, शिबकुमार धिमाल, सुदिप यादव, मन घिसिङ, सुनिल जर्घा, राज धिमाल, उमेस धिमाललगायतले आर्थिक सहयोग गरेका थिए ।