२८ आश्विन २०८३, बुधबार

नेपालीहरु मेहनेती, उद्यमी र बेल्जियमका लागि सफल उदाहरणः सिनेटर पोल भानदेन द्रिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

van11111

रमेश कंडेल 

बेल्जियम । गत हप्ता अर्थात २८ जुलाईमा गैरआवासीय नेपाली संघ युरोपका अध्यक्ष अर्जुन श्रेष्ठ र रमेश कँडेलको सयोजकतामा ब्रुजको कानिकास्थित सुसी रेस्टुरेन्टमा एनभी आ ब्रुज र ब्रुजका नेपाली समुदायबीच भेटघाट साँझ कार्यक्रमको आयोजना भयो ।

बेल्जियमको ठुलो राजनैतिक पार्टी एन भी आ बोर्डको सदस्यहरु र प्रतिनिधिहरु अतिथिका रूपमा उपस्थित भएको उक्त कार्यक्रममा ब्रुजका नेपाली समुदायले एक अर्कासंग परीचय गरी सम्बन्ध सूमधूर बनाउने काम गरेका थिए ।

एन भी आ ब्रुजकी उपाध्यक्ष इंग फान हुल्लसँग वार्तापछि उक्त कार्यक्रमको तय गरिएको थियो । कार्यक्रममा एन भी आ का तर्फबाट करीब २० जनाको सहभागिता रहेको थियो भने त्यति नै सख्यामा नेपालीहरु पनि सहभागी थिए ।

रमेश कंडेलले संचालन तथा स्वागत मन्तब्य दिनुभएको उक्त कार्यक्रममा एन भी आ बेल्जियमका सिनेटर पोल फान देन द्रिस्सले एन भी आको तर्फबाट नेपाली समुदायलाई धन्यबाद मन्तब्य दिनुभएको थियो ।

उहाँले आफ्नो मन्तव्यमा आभार प्रकट गर्दै सिनेटरले डच सिक्ने र बोल्ने सफल प्रयासको लागि नेपाली समुदायलाई बधाई दिदै फ्लान्डर्समा बस्न र काम गर्न आउने सबैको लागि नेपाली समुदाय एक सुन्दर उदाहरण रहेको कुरा ब्यक्त गर्नुभयो।

कार्यक्रममा ब्रुज एन–भी आ अध्यक्ष एर्विन प्रिमलार्इ नेपाली समुदायको तर्फबाट अर्जुन श्रेष्ठले शान्तिको प्रतीक बुद्धको मूर्ति सम्मान सहित प्रदान गर्नुभएको थियो ।

मन्तब्यमा एन भी आ ब्रुगेको अध्यक्ष प्रिम एर्बिनले भन्नुभयो– ‘ूनेपालीहरु मेहनेती र ईमान्दार हुन्छन् भन्ने सुनेको मात्रै थिए, ‘आज आफै भेटेर कुराकानी र परिचय गर्न पाउदा खुशी लाग्यो ।’ उहाँले कार्यक्रममा आफुले नेपाली समूदायलाई सक्दो सहयोग गर्ने बचन पनि दिनुभयो ।

यस लगत्तै एन भी आ ले एक प्रेस बिज्ञप्ति जारि गरी फ्लेमिंगहरु जस्तै नेपाली समाज उद्यमी र मेहनती रूपमा चिनिने समुदाय भएको ,ब्रुजका नेपाली विशेष गरी होटेल ब्यबसाय र पर्यटन उद्योग क्षेत्रमा अग्रसर रहेको कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी अर्जुन काफ्लेले ूयस्तो खालको कार्यक्रमले दुईसमुदाय बीचको दुरि घट्ने र एक आपसमा चिनजानको वातावरण बन्ने ू बताउनुभयो ।

एभरेष्ट नेपाली समाजका निवर्तमान अध्यक्ष कमल पंथीले यस्तो कार्यक्रम बेल्जियममानै पहिलो भएको र यसलाई निरन्तरता दिनुपर्ने कुरा औंल्याउनु भयो ।

स्थानीय नेपाली ब्यवसायी कमल भारतीले नेपालीहरु पनि स्थानीय राजनितिमा आउनु पर्नेमा जोड दिनुभयो । एभरेष्ट नेपाली समाजका अध्यक्ष दुर्गा सुबेदीले ूनेपालीहरु इमान्दार, मेहनेती र समाजमा घुलमिल गर्न सक्ने मानिसहरु भएको बताउनु भयो ।

कार्यक्रमको अन्तिममा नेपालबाट आउनुभएका कलाकार सत्यराज र स्वरुपराजसंग उपस्थित नेपालीहरुले मनोरन्जन लिएका थिए ।