२९ आश्विन २०८३, बिहिबार

यसकारण हुँदैन स्थानीय निर्वाचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MIN PHOTOबर्तमान केपी ओली सरकारले मंगसिरमा स्थानीय निर्वाचन गर्न खोजेको छ जुन निकै सराहनीय छ । यो एकदम आवश्यक पनि छ । तर भिन्नभिन्न स्वार्थले गर्दा सबै राजनीतिक सक्ति यसका निम्ति तयार देखिदैनन ।

स्थानीय निर्बाचन हुन् नदिने र नचाहने मुख्य शक्ति कांग्रेस र माओबादी नै हुन् किनकि अहिले चुनाब हुदा कांग्रेसले ठूलो क्षेति व्यहोर्छ भन्ने उसले राम्ररी बुझेको छ । यो माहोल उसको लागि पट्टकै ठिक्क छैन । आफू सरकारमा पुगेको बेला चुनाब भएमात्र आफुलाई फाइदा हुने उसको बुझाइ छ । मावोबादीलाइ अझै केहि वर्ष देशमा अस्तिरता चाहिएको छ । किनकि द्वन्द्वकालमा भएका अपराधहरुका प्रमाणहरु बिस्तारै मेटिदै जाने समय दिनु मावोबादीको रणनीति हो र अहिले पनि स्थिर सरकार भएमा सम्पूर्ण मुद्दाहरु फेरी सुरु हुन्छन र हुन् खोज्दै छ पनि । पहिलो सविधान सभाबाट सविधान नबन्नुको मात्र एक कारण यहि थियो ।

झुलाउ र भुलाउको रणनीति थियो र त्यो कायम छ । अतः द्वन्द्वकालका सम्पूर्ण मुद्दा कहिले पनि नचल्ने भन्ने हो भने मावोबादी अहिले पनि स्थानीय निर्बाचन गर्न तयार हुन्छ । अहिले मावोबादी पुनः एक हुन् खोज्नुको एकमात्र कारण द्वन्द्वकालका मुद्दा सुरु हुन् खोजेकोले एक भएर प्रतिकार गर्न हो । छिन्नभिन्न हुदा एक एक गरेर जेल परिन्छ भन्ने तिनका नेतालाई राम्ररी थाहा छ ।

सबै मावोबादी एक भएपछि चुनाब भए आफुलाई धेरै फाइदा हुने उसको बिस्वाश छ । केहि साना राजनीतिक पार्टीहरु स्थानीय निर्बाचन हुदा आफ्नो अस्तित्व अझै तल पर्ने हुनाले निर्बचान हुनु हुदैन भन्दैछन् ।

केहि उच्च तहका सरखारी कर्मचारी पनि स्थानीय चुनाब भएको हेर्न चाहदैनन् । किनकी स्थानीय तहमा जन प्रतिनिधि नहुदा बिकाश निर्माणमा ठुलो चलखेल गर्न पाहिन्छ, सजिलै भ्रष्टाचार र कमिसन खान पाइन्छ । जनप्रतिनिधि भएमा गाउमा गएको पैसाको हिसाब किताब देखिन्छ । कतिको योजना हो र कत्ति पैसाको काम भयो देखिन सक्छ ।

अर्को केहि बिदेशी शक्तिलाई पनि नेपालमा स्थानीय चुनाब भएर शान्ति र बिकाश भयो भने हस्तक्षेप गर्ने ठाउ हुदैन र आफ्नो स्वार्थ लाद्न पाहिन्न भन्ने डर छ ।

स्थानीय निकायमा जनप्रतिनिधि नभएर जनतालाई कति दुःख कष्ट भइरहेको छ । सानो सिफारिश लिन सचिब खोज्दै सदरमुकाम धाउन बाध्य परेको छ । झगडा र मुद्दा मामिला हुदा सत्यतथ्य लेखिदिने र बोलिदिने कोहि जन प्रतिनिधि छैनन् । कयौ बिकाश निर्माण अधुरो छ र निगरानी गर्ने निकाय समेत छैन ।

जनताका समस्या सुन्ने जन प्रतिनिधि नै नहुदा कसरि हुन्छ जन आकांक्षा र जनताको समस्याको सम्बोधन ? त्यशैले व्यक्तिगत र पार्टीगत स्वार्थ त्यागेर देश र जनताका लागि सोच्ने कुनै पार्टी यदि यो देशमा छ भने स्थानीय चुनाबमा भाग लिन तुरुन्त तयार हुनु पर्छ ।

अन्यथा देश र जनताका लागि होइन आफ्नो स्वार्थका लागि राजनीति गरेको ठहरिनेछ । त्यसैले स्थानीय निर्बाचन एकदम अपरिहार्य छ । स्थानीय निकायबिना कुनै पनि राज्य संयन्त्र पूर्ण हुन् पनि सक्दैन । बिकाश निर्माण स्थानीय तह सम्म पुग्न पनि सक्दैन । बिकास निर्माण प्रभावकारी पनि हुन् सक्दैन ।

स्थानीय निर्बाचन गरेरपछि आ–आफ्नै प्राक्रिय सरकारकै अधिनमा रहने गरि कायम गर्दा कुनै फरक पर्दैन । प्रान्तीय सरखारलाई पनि आखिर स्थानीय निकाय चाहिनै हाल्छ । त्यशैले स्थानीय निर्बचान आजको प्रमुख आवस्यक्ता हो । देश भक्त र वुद्धिजीवी बर्गले यो कुरा बुझ्नु पर्छ र बुझेका पनि छन् ।