२९ आश्विन २०८३, बिहिबार

माथिल्लो कर्णाली जलविद्युत अयोजनाः देशको विकास हो कि विनाश ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uppar-Karnali-Hydro-Project

– प्रेमबहादुर शाही
नेपाल संसारमा जलस्रोतको क्षेत्रमा दोस्रो धनी देश हो । यहाँ ८३ हजार मेगावाट विद्युत उत्पादन गर्ने अपहार क्षमता रहेको छ । तर विडम्बना भन्नु पर्दछ, देशमा राष्ट्रिय जलस्रोत नीति नहुँदा जलविद्युत उत्पादन गरी आफ्नै हितमा प्रयोग गर्न सकेका छैनौं । विभिन्न समयमा देशका ठूला नदीहरुको विद्युत उत्पादन गर्न सक्ने क्षता कति रहेको छ ? भन्ने विषय पटक/पटक अध्ययन भईसकेका छन । यसै मध्येको एक हो, विश्वकै चर्चामा रहेको माथिल्लो कर्णाली जलविद्युत आयोजना । नेपाल विद्युत प्राविधरणले सन् १९८९ मा माथिल्लो कर्णाली जलविद्युतको अध्ययन गरेको थियो । पछि त्यहि सम्भाब्यता र अध्ययनमा टेकेर नेपाल सरकारले देशको विसकास गर्नको माथिल्लो कर्णाली जलविद्युत उत्पान गर्न आवश्यक ठान्यो । सोही अनुरुप नेपाल सरकारले आयोजना निर्माण गर्न विश्वब्यापी बोलपत्र आह्वान गर्यो । सोहि प्रक्रिया अनुरुप भारतीय कम्पनी जिएमआर छनोटमा परी नेपाल सरकार, उर्जा मन्त्रालय माफत माथिल्लो कर्णाली जलविद्युत उत्पादनको लागि अनुमति लियो ।

लेखक
लेखक

भनिन्छ ‘विकास सँगै विनास पनि हुन्छ ।’ सवै नागरिकहरु विकास विरोधी भन्दा पनि विनास विरोधी हुनुपर्दछ । आज संसारका समृद्ध र सम्पन्न देशहरु आ–आफ्ना देशमा अवस्थित प्राकृतिक स्रोत र सम्पदा प्रशोधन र उपयोग गरी सम्पन्न बन्न पुगेका छन । जस्तै अमेरिकमा देशहरुमा सुन, समुन्द्र, इजरायल पेट्रोल, अष्ट्रेलिया युरोपका देशहरु कोइला, खाडीमुलुकहरु डिजेल, जापान, चिन र भारत लगाएतका केही देशहरु समुन्द्र लगाएतका अन्य प्राकृतिक स्रोत साधन र सम्पदा भएका कारण सम्पन्न भएका छन । नेपालमा प्राकृतिक स्रोत÷साधन भएपनि युगौं युगदेखि जमिन मूनि दविएर रहेका छन । हामीले पानीलाई मात्र प्रयोग गरेर विद्युत उत्पादन गर्ने हो भने, देशको मात्र मुहार फेरीने हैन, विश्व बजारमा विद्युत नियात गर्न देशको सूचिमा रहने छौं । हिमालको टाकुरा मुगु, तिब्वतको सिमाना राक्षस तालबाट उत्पन्न भई अनवरत रुपमा हिमालको जडीबुटी पगाल्दै दैलेख, अछाम र सुर्खेतको विच भागबाट बगि रहेको ५ सय ५० किलोमिटर लम्बाई रहेको कर्णाली नदीमालाई सन् २००६ जनवरी २४ मा नेपार सरकार र आयोजना विकासकर्ता जीएमआर आईटिडीवीच समझदारीपत्र पत्रमा हस्ताक्षर भई विद्युत उत्पादन गर्ने सम्झौता भयो । वास्तव माथिल्लो कर्णाली जलविद्युत आयोजना एक बहुआयामी संसार कै सुन्दर, सस्तो, सुलभ र नेपाल देशको लागि प्रकृतिबाट उपहार स्वरुप प्राप्त आयोजना हो । परियोजनाको बाँध, सुरुङ, पावर हाउस, सरसाफ्ट, पेनस्टोकको निर्माण कार्यको लागि चाहिने गिटी, बालुवाको ड्याम साइड कै नजिक कडा चट्टान र सार्वजनिक जग्गा भएको हुँदा धेरै टाढाबाट ढुवानी अर्थात सप्लाई र धेरै परिणाममा नीजि जमिन खरिद गर्नु नपर्ने, क्रशर प्लानट जडान गर्न सकिने भएको हुँदा यसले पनि परियोजनाको लागत धनराशीमा अत्यन्तै कमि ल्याउने छ । यो आयोजनामा जम्मा ४८.८ हेक्टर निजी र २ सय ३५.७६ हेक्टर जमिन सार्वजनिक, २ सय ३९ घरघुरी प्रधावित हुने छन भने ५६ घरधुरीलाई पुनस्र्थापना, ३ हजारले प्रत्यक्ष रोजगारी, नेपाल सरकाले १ सय ८ मेगावाट विद्युत निशुल्क पाउने छन भने स्थानीय विद्युतीकरण २ मेगावाट हुने छ । आयोजना निर्माण गर्दा दैलेखका ४ गाविस र दूल्लू नगरपालिकाको केही भाग, अछाम जिल्लाका ३ गाविस र सुर्खेतका ३ गाविस यस आयोजनाबाट प्रभावित हने छन । १ सय १६ अर्ब रुपैयाँ कुल लागत लाग्ने छ । सन् २०४६ मा चालु अवस्थामा नेपाल सरकारलाई अयोजना हस्तान्तरण गर्नुपर्ने छ ।

विश्व बैङ्कको अध्ययन रिपोर्टले माथिल्लो कर्णाली आयोजना जलसाययुक्त बनाउँदा ४ हजार १ सय ८० मेगावाट विद्युत उत्पादन हुने, रन अफ रिभर बनाउँदा २४० मेगावाट उत्पादन हुने भनिएको थियो । जिएमआर कम्पनीले यो आयोजना आफु खुसी आफ्नो अनुकुलता अनुसार भन्ने आरोप लाग्यो । तल्लो तटीय क्षेत्रका रानीजमरा कुलरिया, राजापुर र सूर्या पटुवा लगायतका सिचाइँ आयोजना प्रभावित र तहसनहस हुने गरी ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजनाको निर्माण गरिन लागिएको भनि सिचाइँ विभागले विज्ञप्ति निकाल्यो । जुन आयोजना विद्युत उत्पादनमा मात्र सीमित नभएर भारतको छुट्टै स्वार्थ लुकेको देखिन्छ । सन् २०५० सम्म भारतको जनसंख्या बृद्धीभई १ अरव ६५ करोड पुग्ने अनुमान गरिएको छ । त्यसका लागि न्युनतम ४५ करोड मेट्रीकटन खाद्यान्न आवश्यक पर्ने भनिएको छ । हाल भारतमा ७ करोड ३० लाख हेक्टर भू–भागमा सिंचाई सुविधा उपलब्ध छ । त्यसबाट १८.५ देखि २० करोड मेट्रिकटन खाद्यान्न उत्पादन गरेको छ । त्यस्तै खेति योग्य जमिनको हिस्सा उत्तर भारतमा ४१% छ भने पानी ६४% छ । दक्षिण भारतमा जमिन ३५% रहेको छ । त्यसको पानी उपलब्धता १९% रहेको छ । यसले गर्दा भारतले उत्तर पुर्वमा बग्ने नदीहरुको पानी दक्षिण पश्चिम लैजाने योजनामा जुटेको छ । भारतले १ सय १ जिल्ला, ५ वडा महानगर (दिल्ली, मुम्वई, कलकत्ता, चेन्नाई, हैदरावाद) शहरहरुमा १७३ अरब घनमिटर पानीको ब्यवस्था गर्नु पर्ने छ । १६ देखि १८ करोड हेक्टर जमिनमा सिंचाई सुविधा पुग्न जरुरी छ । भारतको २०७ जिल्ला मुख्यतः गुजरात र राजस्थान जस्ता मरुभूमिकरण भईरहेका जमिनबाट (६ फिट वा २० फिट) तल पानी खस्केको छ । त्यस्था स्थानहरुबाट सुख्खाका कारण अनिश्चित दिशा तर्फ मानिसहरु लागि रहेका छन् । निर्जल भैरहेका ती जमिनमा हरीतक्रान्ति ल्याउन र मानव बस्तिमा रुपान्तरण गर्न पानीको प्रचुर आवश्यकता छ । भारतले वृहत नदी जडानको योजनाबाट ३ करोड ४० लाख हेक्टर जमिन सिंचाई गरी प्रतिवर्ष ३ करोड ६० लाख मानव रोजगारीको श्रृजना गरी राष्ट्रिय आय (जिडीपी) ४% वृद्धि गर्ने लक्ष्य राखेको छ । सन् १९७२ देखि शुरु भएको नदी जडान योजनाको बहसलाई टुङ्गयाउदै सन् २००२ को राष्ट्रपतिको भाषण र सुप्रिमकोटको न्यायिक सक्रियताबाट ९ बर्ष भित्र पुरा गर्ने गरी उर्जा मन्त्रि सुरेश प्रभुको नेतृत्वमा कार्यदल गठन गरी वृहत नदी जडान परियोजनाको गृहकार्य सम्पन्न गरिसकेको छ । करीव ४ बर्ष अघि केन (वेतवा नदिबाट शुरु गरिएको यो योजनामा नेपाल लगाएत भारतका ३७ वटा नदीहरुलाई ३० ठाउँमा जोडेर त्यसबाट ३४ हजार मेगावाट विजुली निकाल्ने योजना छ । जसको कुल लम्वाई १२५०० किमी रहने भनिएको छ । यो योजना मध्यकै माथिल्लो कर्णाली जलविद्युत आयोजना पनि त्यहि वृहत नदी जडान योजना भित्र पर्दछ ।

भारतीय कम्पनीलाई निर्माण जिम्मा दिने क्रममा हस्ताक्षर गरिँदै
भारतीय कम्पनीलाई निर्माण जिम्मा दिने क्रममा हस्ताक्षर गरिँदै

यसरी सरसरी हेर्दा कतै हामीलाई भारतले ललाई फकाई नेपालका नदीहरु कब्जा गरी एकद्धार प्रणालीद्धारा लिन खोजेको त छैन ? भन्ने बारेमा आशंक गर्नु कुनै नौलो कुरा हैन । आयोजन पक्षले माथिल्लो कर्णाली जल विद्युत ओयोजना निर्माण गरेर भारतलाई भन्दा नेपाललाई बढी फाईदा हुन्छ, भनेर छुटो प्रचार/प्रसार गरिएको सत्य साचो हो भने, नेपालीका लागि त्यो भन्दा ठूलो दुरभाग्य अरु केही हुनेवाला छैन । अव आयोजनाका पक्षले सत्य, निष्पक्ष र वास्तविकताको बारेमा संशकित बनेका आम नागरिकलाई सत्य तथ्य बुझाउनु पर्नेछ । आयोजना निर्माण गर्दा त्यसले तत्कालिन र दिर्घकालिन के कस्ता फाईदा र वेफाईदा पुर्याउछ । साँच्चै विकास भन्दा बढी विनास हुने वा विनास भन्दा बढी विकास हुने हो ? जलस्रोत लगाएत प्राकृतिक सम्पदा कौडीको मूल्यमा विदेशीलाई लुटाएर धनी बन्न सकिन्छ, भन्ने परिजीवि एवंम् दास मानसिकताले हाम्रा प्राकृतिक स्रोत साधन र सम्पदालाई विदेशीलाई लुटाउन खोजिएको त छैन, भन्नेमा सवैले सोच विचार गरी सृक्ष्म अध्ययन गर्न अति आवश्यक छ ।

(लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन ।)