२९ आश्विन २०८३, बिहिबार

फेल भएको चार महिनापछि पास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Slc-Panikaकाठमाडौं, २० साउन । २०७० सालको एसएलसी परीक्षामा अनुर्त्तीण भएका चार सयभन्दा बढी विद्यार्थी एक महिनापछि उर्त्तीण भएका छन् ।

एक महिनाअघि निस्किएको नतिजामा चित्त नबुझेर पुनर्योगका लागि आवेदन दिएकामध्ये चारसय नौ विद्यार्थी उर्त्तीण भएका हुन् । पुनर्योगमा एक हजार एकजनाले प्राप्तांक पनि परिवर्तन भएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

परीक्षा नियन्त्रक विष्णु द्वारेका अनुसार नतिजा पुर्नयोगका लागि १५ हजारले आवेदन दिएकामा एकहजार चार सय १० जनाको नतिजा परिवर्तन भएको छ । जसमध्ये एक हजार एकजनाको नम्बर परिवर्तन भएको छ भने चार सय नौ जना अनुर्त्तीणबाट उर्त्तीण भएका थिए ।

‘परीक्षक र सुपरीवेक्षकले धेरै बिगारेको पाइयो, कतै सबै नम्बर जोडेको पाइएन, कतै भित्र लेखिएको नम्बर बाहिर जोडिएको पाइएन,’ नियन्त्रक द्वारेले भने, ‘विद्यार्थीको एक नम्बर फरक भएको पाए पनि नतिजा परिवर्तन गरेका छौं ।’