२८ आश्विन २०८३, बुधबार

मलेसियामा सुनकोसी पीडितका लागि राहत संकलन सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malaysia

मलेसिया । नेपाल मुक्तक प्रतिष्ठान मलेसिया शाखाको अग्रसरतामा सुनकोसी पीडितका लागी मलेसियामा राहत संकलन गर्न सुरु गरिएको छ ।

प्रतिष्ठानको सोमवार बसेको कार्यसमिति वैठकले राहत संकलनका लागि मलेसिया शाखाका कोषाध्यक्ष अर्जुन काफ्लेको संयोजकत्वमा एक राहत संकलन समिति समेत गठन गरेको छ । समितिका सदस्यमा सविन राई, दीप दर्शन (पेनाङ्ग), मौलश्री लिम्वु (इपो) र राज आङ्गदेम्वे (जोहर) रहेका छन् । समितिले मलेसियाका विभिन्न क्षेत्रवाट संकलन गरी नेपाल मुक्तक प्रतिष्ठानको केन्द्रिय समितिमार्फत जिल्ला प्रशाशन कार्यलय सिन्धुपाल्चोकलाई प्रदान गर्ने समितिका सदस्य दिप दर्शनले वताए ।

राहतका लागी सहयोग गर्ने हातहरुलाइ अर्जुन काफ्लेको आरएच बी वैक खाता नं. ११२२५५००२९५५८९, जितमान राई (सविन) को सिआइएवी वैक खाता नं ७०१९८८८९३४ र दिप बहादुर शाहीको पव्लिक बैकको खाता नम्वर ४८५९५३१५१३ मा जम्मा गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।सकलित रकमको पारदर्शिताका लागि दाताको नाम मलेसियाबाट प्रकाशित हुने विभिन्न नेपाली पत्रिका र दैनिक नेपाल डटकममा समेत प्रकाशन गरिने प्रतिष्ठानले जनाएको छ ।