क्वालालम्पुर । मलेसियामा जारी एसीसी पिमियर लिग क्रिकेटमा नेपाल सात विकेटले विजयी भएको छ ।
क्वालालम्पुरमा आज (सोमबार) भएको खेलमा नेपालले हङकङलाई सात विकेटले पराजित गर्दै जित दर्ता गराएको हो । जितसँगै नेपालले डिसेम्बरमा हुने दुई दिवसीय एसीसी च्याम्पियनसिपमा स्थान पक्का गरेको छ ।
नेपालले अब अफगानीस्तानसँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष ४ टोलीले च्याम्पियनसिप खेल्न पाउनेछन् ।
हङकङले दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ३४ दशमलव १ ओभरमै पूरा ग¥यो । बायोमास मैदानमा टस जितेको नेपालले फिल्ड रोजेर हङकङलाई सस्तैमा समेट्यो ।
२७ दशमलव ४ ओभर खेल्दै गर्दा पानी परेपछि झण्डै डेढघण्टा खेल अवरुद्ध भएको थियो । डर्कवर्क लेविस नियम अनुसार खेलमा १२ ओभर छोट्याइएको थियो । छोट्याइएपछि नेपालका लागि विजय लक्ष्य १ सय ४४ रन निर्धारण गरिएको थियो ।











प्रतिक्रिया