२९ आश्विन २०८३, बिहिबार

नेपाली उत्पादनको पहुँच भारतीय बजारमा सहज बनाउन मोदीसँग थापाको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal thapa

काठमाडौँ १९ साउन । नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहज र सरल तरिकाबाट भारतीय बजारमा नेपाली उत्पादनको पहुँच, विक्रि, वितरणका लागि उपयुक्त व्यवस्था गर्न माग गर्नुभएको छ ।

मोदीसँग सोमवार होटल हायातमा भएका शिष्टाचार भेटमा थापाले यस्तो माग गर्नुभएको हो ।

मोदीले ती विषयमा आफु सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो ।

त्यसैगरी भेटका क्रममा मोदीसँग समसामयिक राजनीति विषयमा पनि कुराकानी भएको सह प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । भेटवार्ता करिव २० मिनेट भएको थियो ।