एएफपी
जिन्डो (दक्षिण कोरिया) । गत महिना दक्षिण कोरियामा भएको पानी जहाज दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २५९ पुगेको छ ।
गत अप्रिल १६ मा भएको सो दुर्घटनामा सोमबार अपरान्ह्सम्ममा २५९ व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको छ । त्यसैगरी सो दुर्घटनामा परेका ४३ व्यक्ति अझै वेपक्ता रहेका बताइएको छ ।
वेपक्ता व्यक्तिहरुमा हालसम्म कसैलाई पनि जिवितै उद्धार गरिएको समाचार छैन् । अप्रिल १६ कै दिनमा १७४ व्यक्तिलाई जिवितै उद्धार गरिएको थियो ।
दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले उक्त दुर्घटनामा अझैसम्म बेपत्ता रहेका व्यक्तिका आफन्तहरूलाई आइतबार भेटघाट गरेका थिए ।
सोमबार अपरान्ह्सम्ममा पानी जहाज दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २५९ पुगेको र ४३ अझै वेपक्ता रहेको कोरियाली सरकारले जनाएको छ ।
बिद्यालयका ३२५ बिद्यार्थिसहित ४७६ जना यात्रुले यात्रा गरिरहेका थिए । कतिपयको भने उही दिन नै उद्वार गरिएको थियो ।













प्रतिक्रिया