सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २६ पगेको छ । पहिरोमा पुरिएका थप १७ जनाको शव भेटिएसँगै पहिरोमा ज्यान गुमाउनेको संख्या २६ पुगेको हो ।
घटनास्थलबाट सहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायले दिएको जानकारी अनुसार सोमबार विहान पहिरो हटाउने क्रममा घरको भग्नावशेषले पुरिएको अवस्थामा शवहरु भेटिएको हो ।
डोजर र स्काभेटरको सहयोगमा प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले पहिरो हटाउने काम भइरहेको छ । मेलम्चीबाट थप एक स्काभेटर पुग्दैछ ।
शनिबार विहान करिव साढे ३ बजेतिर राम्चेबाट झरेको पहिरोले जुरेमा सुनकोशी नदी थुपेको थियो भने गाउँ नै पुरिएको छ । प्रहरीले १ सय ५० बढी सार्वसधारण वेपत्ता रहेको बताएको छ । त














प्रतिक्रिया