१ कार्तिक २०८३, शनिबार

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Football

काठमाडौँ, २३ वैशाख । विश्व फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल एक स्थान तल झर्दै १८० औँ स्थानमा पुगेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरियतामा गत महिनाको तुलनामा नेपाल एक स्थान तल झरेको हो ।

नयाँ वरियताअनुसार दक्षिण एसियामा माल्दिभ्स शीर्ष स्थानमा छ भने भारत दोस्रो, बङ्गलादेश तेस्रो स्थानमा छ । माल्दिभ्स १६० औं स्थानमा रहँदा, भारत १६२औँ रहेको छ । यसैबीच बङ्गलादेश १७८ औं स्थानमा छ । दक्षिण एसियामा नेपालभन्दापछि रहेका भुटान १८६ औं, श्रीङ्लका १८७ औं र पाकिस्तान १९० औं स्थानमा छन् ।

नयाँ बरियतामा अर्जेन्टिना शीर्ष स्थानमा रहँदा, बेल्जियम दोस्रो, चिली तेस्रो तथा कोलम्बिया चौँथो स्थानमा यथावत् छन् । विश्व च्याम्पियन जर्मनी पनि पाँचौँ स्थानमा छ । टोङ्गा, सोमालिया, इरिट्रिया, जिबुटी, बहमास, एन्गुइलालगायतका देश तालिकाको पुछारतिर छन् । फिफाले प्रत्येक महिना उसका २०९ राष्ट्र सदस्यबीचको वरियता सार्वजनिक गर्ने गर्छ ।